
फस्टलभ डेब्यू हिरोईन ऋचा शर्माले आज आफ्नो २५ औं जन्मदिन मनाउँदैछिन् । आज साउने सक्रान्ती भएकाले बिहान घरपरिवारसँग नै जन्मदिन सेलिब्रेट गरेकी ऋचाले साँझ भने आफ्ना दुई फिल्म भिजा गर्ल र हाइवेको टिमको साथमा केहि नजिकका साथीभाईलाई सिल्भर जुब्लीका लागि डाकेकी छिन् ।
'म खासै जन्मदिन सेलिब्रेट त गर्दिन तर पनि नजिकका साथीभाईसँग भने रमाईलो गर्ने गरेकी छु । आज पनि आफ्न्त र साथीभाईहरूलाई डाकेकी छु', २५ बर्षकी ऋचाले भनिन्, 'यो बर्ष सिल्भर जुब्ली परेपछि त्यस्तो भव्य कार्यक्रम भने केही राखेकी छैन । बरू मैले बनाएको फिल्म भिजा गर्ल हिट भएपछि ठूलै पार्टी राख्छु ।' उनले फिल्म भिजा गर्ललाई निर्माताको हिसाबले मात्र नभएर अभिनयको हिसाबले पनि ड्रिम प्रोजेक्टको रूपमा लिएको बताईन् । उनले भनिन्, 'यो फिल्म मेरो जीवनका लागि टर्निङ प्वाईन्ट हुनेछ ।'
भिजा गर्ललाई 'क्लिन' र 'डिसेन्ट' फिल्म भन्दै ऋचाले यसको पोस्टप्रोडक्सनको करिब ५० % काम सकिएको बताईन् । नेपाली फिल्मको अहिले विकासक्रम बढ्दो रहेकाले यसलाई माथी उठाउन भिजा गर्लले पनि सहयोग पुर्याउने ऋचाको दाबी छ । छिरिङ रितार शेर्पाको उमा फिल्मको तयारीमा रहेकी ऋचाले दशैंको छेकोमा नयाँ गाडी लिंदैछिन् । उनले गाडी किन्नुको पछाडी केहि रहस्य रहेको बताउँदै सो रहस्यको उदघाटन अहिले नै नगर्ने पनि बताईन् ।
फिल्म क्षेत्रमा लागेर पैसा खासै नकमाए पनि निर्माता बन्नु र गाडी किन्नुलाई उनले पारिवारिक सहयोग रहेको बताईन् । केहि आफ्नै कमाई र केहि परिवारको सहयोग रहेको उनको भनाई छ । उनले आगामी दिनमा पुरै लगानी नगरे पनि केहि प्रतिशत फिल्ममा लगानी गरेर निर्माताको ट्याग भिरिरहने बताईन् । जे होस् छोटो समयमा नै चर्चा बटुलेकी यो नायिकालाई सिल्भर जुब्ली मनाउन लागेकोमा फिल्मीखबर डटकमको तर्फबाट शुभकामना !