मिति : २०८२ ज्येष्ठ ११, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कतारमा `क्रिमिनल`

शैलेन्द्र कठायत, दोहा, 2012/07/16

ॐ नाम शिवाय फिल्म्सको ब्यानरमा नेपाली फिल्म 'क्रिमिनल' को सुटिङ दोहा कतारमा हुने भएको छ । सगर नेपाल र दिपक रमनको संयुक्त लगानी रहने उक्त फिल्मको कुल लागत २ करोड रहने र असोजको पहिलो हप्ताबाट सुटिङ सुरु हुने भएको छ ।

सम्पूर्ण सुटिङ दोह कतारमा गरिने 'क्रिमिनल' को निर्देशन दिपक श्रेष्ठले गर्ने पक्का भएको निर्माता सागरले बताए । फिल्ममा बिष्णु कार्की ,नरेन्द्र शेन, भानु शर्मा, प्रकाश थपलिया, अर्पन बिक्रम खड्का र बिशाल श्रेष्ठ अनुबन्धित भाईसकेका छन् भने नायिका र अन्य कलाकारहरुको छनौट प्रकृया जारी छ । नेपाली फिल्मलाई बिदेशमा सुटिङ गर्ने होड चलेको अवस्थामा दोहा कतारमा 'क्रिमिनल' को सुटिङ गर्न लाग्दा कतारवासी नेपाली फिल्मप्रेमीहरू पनि खुसी भएका छन् ।

 

नयाँ ठाउँमा सुटिङ गर्दा दर्शकहरुले नयाँ स्वाद पाउने छन् भने नयाँ कलाकार लिएर काम गर्न सजिलो हुने र काम पनि राम्रो हुने भएकाले नयाँ अनुहारको साथमा दोहा कतारलाई रोजेको निर्माता रमनले जानकारी दिए । रमानले कतारमा आफ्नो फिल्म 'मन परेपछि' को रिलिज गर्ने आएको बेला यो खबरको उदघोष गरेका हुन् ।