मिति : २०८२ ज्येष्ठ ११, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सुशिल कोईरालाले भने- `म पनि कलाकार हुँ`

फिल्मीखबर, काठमाण्डौ, 2012/07/15

एमाले अध्यक्ष झलनाथ खनालको निवासमा पुग्दा केही निरास भएका फिल्मकर्मी काँग्रेस सभापति सुशिल कोईरालाको निवास पुग्दा भने हर्षित भए । दोलखा स्थित १५ सय रोपनीमा स्थापना हुन लागेको फिल्म स्टूडियो निर्माणका लागि सिड मनी बजेट मार्फत निकास गरियोस् भन्दै आग्रह गर्न प्रमुख राजजनीतिक दलका नेताहरुको घरदैलो अभियानमा निस्किएका फिल्मकर्मीलाई काँग्रेस सभापति सुशिल कोईरालाले पनि झलनाथकै जस्तै प्रतिक्रिया दिए तर उनको विभिन्न प्रतिबद्धात्मक आश्वासनले भने फिल्मकर्मीको खुशीको पोल्टो भारी भयो ।


फिल्म स्टूडियोका लागि नयाँ आर्थिक बर्षको बजेट मार्फत रकम निकास गरियोस् भन्दै चलचित्र बिकास बोर्डको नेतृत्वमा गएको एक टोलीले कोईरालालाई फिल्म उद्योगका प्रमुख  एजेन्डालाई पुरा गर्न आग्रह गरेको थियो । जवाफमा कोईरालाले आफूलाई पनि कलाकार सरह सम्झन आग्रह गर्दै सम्पूर्ण मागलाई आफ्नो पार्टीले पुरा गर्ने बताए । उनले भने, 'तपाईहरुले उठाएको माग ईमिडेट्लि पुरा गर्नुपर्ने खालको देखिएको छ त्यसैले मलाई पनि कलाकार सरह सम्झन आग्रह गर्छु र तपाईहरुको रिप्रिजेन्टेटिभको रुपमा यि माग पुरा गर्न मेरो कोसिस रहने छ ।

 

'

 

आफ्नो पार्टी अर्न्तगत विभिन्न ३२ वटा डिपार्टमेन्ट रहेको जानकारी गराउदै कोईरालाले सांस्कृतिक डिर्पाटमेन्ट अर्न्तगत फिल्म हेर्ने छुट्टै समिति गठन सम्बन्धमा पनि आफूले बिचार गर्ने बताए । कोईरालालाई टोलीले २०२६ सालमा बनाईएको चलचित्र ऐनको कार्य सम्पादन गरी नयाँ ऐन ल्याउन तथा पाईरेसी नियन्त्रण सहित सेन्सर बोर्डको गठन प्रक्रिया बर्तमान समय अनुरुप हुनपर्ने बिषयमा ध्यानकर्षण गराएका थिए ।

 

विशेषत बरिष्ठ चलचित्रकर्मी नीर शाहले उद्योगका विविध समस्याका बारेमा नेतृत्वदायी भूमिका खेल्दै कोईरालाको ध्यानकार्षण गराएका थिए । टोलीमा बोर्ड अध्यक्ष गणेश भण्डारी, पूर्वअध्यक्ष शैलेश आचार्य, दोलखा स्टूडियो निर्माणमा सक्रिय भएर लागि परेका मदनदास श्रेष्ठ, संगीतकार शम्भुजित बाँस्कोटा, निर्देशक आकाश अधिकारी, घनश्याम खड्का, निलहरी काफ्ले, अभिनेत्री भूवन चन्द, सुमिना घिमिरे लगायत केही सिमित फिल्मकर्मीको उपस्थिति थियो । स्टूडियो निर्माणका लागि सिड मनीका सरकारबाट उपलब्ध गराउने बिषय सहित अन्य प्रमुख मागहरुको बारेमा सो टोलीले एकिकृत माओवादी अध्यक्ष प्रचण्ड सामू पनि राख्ने कार्यक्रम छ ।

 

यता काँग्रेस, एमाले लगायतका प्रमुख दलको चर्को दवावको कारण आज साँझ नै एक तृतियाशं बजेट सार्वजनिक गरेको बाबुराम सरकारले के कसरी बजेट ल्याएको छ त्यो भोलि देखि समिक्षा होला तर यो तृतियाशं बजेटका सम्बन्धमा सरकार बाहिर रहेका राजनीतिक दल अझै सहमत छैनन् ।