मिति : २०८२ ज्येष्ठ ११, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`9 O`Clock` हिरो आए लण्डन

राज नेपाल, लण्डन, 2012/07/15

प्रवासमा रहेर पनि नेपाली फिल्मसँग निकट रहेका नायक ध्रुब दत्त नयाँ फिल्म '9 O'Clock' को सुटिङ सकेर केहि दिन अगाडी लण्डन आईपुगेका छन् । ध्रुबले सुटिङ मात्र हैन डबिङ पनि सकेर लण्डन आएका हुन् ।

 

बाबुराम ढकालको निर्देशनमा बनेको सो फिल्ममा ध्रुबले नायिका सुमिना घिमिरेसँग अनस्क्रिन रोमान्स गरेका छन् । विदेशमा रहेर पनि नेपाली कला संस्कृति प्रति संवेदनशिल यी हिरोलाई फिल्म खेल्न भन्दा लण्डनमा आफ्नो काम गर्नमा नै फाइदा छ तर पनि अफर आएका फिल्मलाई नाई भन्न सक्दैनन् र आफ्नो कामलाई थाँती राख्दै नेपाल आईहाल्छन् र सुटिङ सकेर लण्डन फर्किन्छन् । बिष, वीरताको चिनो, मृगतृष्णा जस्ता फिल्ममा सहनायक भएर अभिनय गरेका ध्रुब यस फिल्ममा भने सोलो भुमिकामा देखिंदैछन् ।


हल्ला चले अनुरूपको फिल्ममा कुनै पनि सिन भद्दा नभएको र परिवारसँग मज्जाले बसेर हेर्न सकिने खालको फिल्म बनेको यि प्रवासी नायकले बताए । सम्पादनको अन्तिम चरणमा पुगेको सो फिल्मलाई दशैं र तिहारको बिचमा रिलिज गर्ने लक्ष्य राखिएको बताईएको छ । फिल्मका केहि तस्विरहरू -