
नायक तथा निर्माता गोविन्द शाहीको दोस्रो फिल्म संसार आफ्नै कतारको दोहा स्थित नग्मा सिनेमा हलमा आगामी सेप्टम्वर ७ बाट लाग्ने नायक तथा निर्माता शाहीले फिल्मीखवरलाई जानकारी गराए ।
रन्जित रानाको निर्देशनमा निर्माता शाहीका साथ झरना थापा, सुमन सिंह, राजकुमार थापा लगायतको मुख्य भुमिका फिल्ममा हेर्न पाइन्छ । फिल्म संसार आफ्नै नेपालमा भने साउन १८ मा मोफसल र १९ गतेबाट काठमाण्डौमा प्रर्दशन हुँदैछ ।
नेपाली समाजको यथार्थ कथा भनिएको उक्त फिल्मको कतार शोसँगै जर्मन, मलेशिया, कोरिया, युके, अमेरिका, क्यानडा, दुबई लगायतका मुलुकमा पनि शो गर्ने तयारी गरेको शाहीले बताए । उल्लेखित मुलुकको रिलिज मिती भने तय गरिएको छैन ।