प्रदर्शनको क्रम नजिकिंदै गर्दा फिल्म इशारा युनिटले पब्लिसिटीलाई जोड दिंदै हल ट्रेलर सार्वजनिक गरेको छ । ट्रेलरलाई आगामी साताबाट देशका मुख्य-मुख्य हलमा देखाईनेछ ।
यसअघि फिल्मीखबरले सार्वजनिक गरेको फिल्मको प्रोमो र गीतलाई दर्शकले रूचाएको देखिएको छ । फिल्मका निर्देशक सबिर श्रेष्ठले पनि दर्शकबाट राम्रो प्रतिक्रिया पाएको बताए । उनले भने, 'गीतलाई त सबैले रूचाईदिनु भएको छ आशा छ फिल्मलाई पनि रूचाईदिनु हुनेछ ।' अनुशी फिल्म्सको व्यानरमा उमा बेबीले निर्माण गरेको फिल्ममा रेखा थापा, उमा बेबी, उत्तम प्रधान र भुपेन चन्दको मुख्य अभिनय रहेको छ ।
फ्रेण्डसिप, लभ र रेस्पेक्टको डेफिनेशन दिने हरेक वर्गका दर्शक लक्षित फिल्म इशारालाई शिबम अधिकारीले लेखेका हुन् भने शिब ढकालको छायाँकन, महेश खड्काको संगीत, किरण खरेलको गीत, रोशन श्रेष्ठको द्धन्द र कमल राईको नृत्य रहेको छ ।