
एक दिन पनि सुटिङ ब्रेक नगरी निरन्तर फ्लोरमा रहेको मधुसन भट्टराई निर्देशित फिल्म 'ब्ल्याक नाईट' को ३०औँ दिनका दिन प्याकअप गरिएको छ । सडक बालबालिकाको कथामा आधारित सो फिल्मलाई वर्ल्ड टच एक्सप्रेस प्रालिको ब्यानरमा हिराज बाबु खत्रीले निर्माण गरेका हुन् ।
आज शनिबार सो फिल्मको शान्तिनगर स्थित जेष्ठ नागरिक आवास गृहमा रहेका करिब २० जना बृद्ध महिलाहरुलाई खान पिन गराउदै केही आर्थिक रकम सहयोग सहित ईन्डक्ल्याप गरिएको हो । 'दशैको छेकोमा रिलिज गर्ने विचार छ', ईन्डक्ल्याप पश्चात ब्ल्याक मेल डेब्यू डाईरेक्टर भट्टराईले भने । उनीद्धारा निर्देशित पहिलो फिल्म ब्ल्याक मेल भदौ २९ देखि रिलिज हुने भएकाले प्रमोशनको चटारो पनि छ उनलाई ।
सम्पूर्ण कलाकार नयाँ चयन उक्त फिल्ममा सुरज चिलवाल, निशा रिजाल, मोनिका दाहाल, बिक्रम आदित्य शाह, चन्द्र नेपाल, सिमा शाही ठकुरी, अप्सरा घिमिरे, अनुपा कार्की लगायतका कलाकार छन् । फिल्ममा विकाश चौधरी र निर्माता गोर्खालीको संगीत, शम्भु सापकोटाको छायाँकन, चन्द्र पन्तको द्धन्द, प्रदिप श्रेष्ठ र कविराज गहतराजको नृत्य तथा शिबम अधिकारीको लेखन रहेको छ ।