मिति : २०८२ ज्येष्ठ १०, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 4.33/5.00)
Text size:-
+
-

मालतीको भट्टीलाई दुई दिनमा ४० लाख !

फिल्मीखबर, काठमाण्डौ, 2012/07/14

बधाई छ मालतीको भट्टीका निर्माता प्रदीप उदयलाई जसले तीन फिल्मको दौडमा आफूलाई अब्बल तुल्याउन सकेकोमा । हिजो शुक्रबार देखि रिलिज भएका तीन फिल्मको दौडमा मालतीको भट्टीले अल नेपाल ४० लाख ग्रस मार्क गरेको उदयको भनाई छ ।

 

पहिलो दिनको बिहानी शोमा राजधानीका हलमा तँ त साहै सप्रिस नि बद्री र मालतीको भट्टीको ब्यापार केही कमजोर रहे पनि शनिबारको ब्यापारमा भने यि दुवै फिल्मले राम्रो बिजनेस गरेका छन् । हिजो शुक्रबार देशभरिका हलबाट १७ लाख ग्रस मार्क गरेको मालतीको भट्टीले आज शनिबार भने २३ लाखको हाराहारीमा अल नेपाल बिजनेस गरेको उदय बताउँछन् । मालतीको भट्टी देशभरिका प्रमुख  ५५ पर्दामा प्रदर्शनरत छ भने बद्री राजधानीका दश सहित देशभरिका तीन दर्जन पर्दामा प्रदर्शनरत छ ।

 

यस्तै मोफसलमा हिजो शुक्रबार देखि नै लक पनि प्रदर्शनरत छ तर यो फिल्मको ब्यापार भने खुलाईएको छैन । आधिकारिक विवरण देखाईएको छैन तर बद्रीका निर्माता जयकिशन बस्नेतले मोफसलको रिपोर्ट नआएको भन्दै राजधानीका दश पर्दाबाट करिब १३ लाखको ब्यापार आफ्नो फिल्मले गरेको रिपोर्ट टिपाए । बद्री अन्य पर्दामा औषत रहे पनि पोखरामा भने साफ रहेको रिपोर्ट छ । आफ्नो फिल्मले पोखरामा ब्यापार गर्न असफल भएपछि जयकिशनले आफ्नो फिल्ममाथि राजनीति गरिएको आरोप लगाए ।


यता  फिल्म नगरीका प्रखर निर्माताको रुपमा परिचत प्रदीप उदयको फिल्मले मोफसल अर्न्तगतका प्रमुख स्टेशन पोखरा बुटबल र पूर्वाञ्चलको ब्यापारमा पूर्ण सफलता देखाएको छ । राजधानीका कुमारी र विग सिनेमामा सोमबार देखि प्रदर्शन थाल्ने यो फिल्मको दर्शक मल्टिप्लेक्स र सिंगल स्क्रिनमा पनि करिब उत्तिकै छन् । नयाँ निर्देशक गणेश देव पाण्डेको निर्देशकिय क्षमताले फिल्म नगरीमा मालतीको भट्टीको चर्चा अन्य फिल्मको भन्दा निकै गरम बनाएको छ ।

 

फिल्मीखबरलाई प्राप्त प्रमुख हल रिपोर्ट अनुसार आज शनिबार गोपी र अष्टनारायणमा १ लाख ७० हजारका दरले मालतीको भट्टीको कलेक्सन भएको छ । यसैगरी विश्वज्योतिमा १ लाख ६० हजार, कलंकीमा ८२ हजार र विर्तामोडको कृष्ण टाकिजमा ६५ हजार तथा दमकमा ५२ हजार र पोखरामा १ लाख ६५ हजार कलेक्सन भएको छ । ४७ लाखको बजेटमा बनेको मालतीको भट्टीले आफ्नो लगानी उठाउन न्यूनतम १ करोड २० लाखको ब्यापार गर्नुपर्ने हुन्छ । जुन ब्यापार यहि अनुपातमा अघि बढेमा एक साता भित्र मालतीको भट्टीको लगानी पूर्ण रुपमा सुरक्षित हुने निश्चित छ ।

 

यसैगरी फिल्मीखबरलाई दिएको जानकारी अनुसार मालतीको भट्टीका निर्माता उदयले भिसीडी राईट बापत ११ लाख तथा अष्ट्रेलिया, कतार, कोरिया र हङकङमाको शो वापतको साढे ७ लाख गोजिमा हालिसकेका छन् ।