
निर्माता एवं अभिनेता रोज राणालाई पितृ शोक परेको छ । मुटु रोगी उनका ७० बर्षीय पिता खड्गबहादुरलाई एक हप्ता अघि चाबहिल स्थित मेडिकेयर अस्पातल भर्ना गरिएको थियो ।
रोज राणाका भान्जा सचिन पोखरेलका अनुसार बिहान ९ बजे पिता खड्गबहादुरको निधन भएको हो । बेला बेलामा मुटु रोगले च्यापेपछी राणाले गृह जिल्ला कपिलबस्तुबाट बुवालाई काठमाण्डौ झिकाउदै उपचार गराउने गरेका थिए तर यो पटक भने उनले पितालाई बचाउन सकेनन् । हिरोईन टाईटलको नयाँ फिल्मको सुटिङको लागि प्रि-प्रोडक्सनमा निकै ब्यस्त रहेका बेला परेको यो शोको कारण रोजको फिल्मको सुटिङ पोष्टपोण्ड हुने सम्भावना बढेको छ ।
फिल्मी नगरीका चर्चित राणाले बिहान ११ बजे तिर पशुपति आर्यघाटमा पितालाई दागबत्ती दिदैछन् । उनलाई परेको शोकको कारण केही फिल्मकर्मी पशुपति आर्यघाटमा भेला हुने बुझिएको छ ।