
सुटिङका लागि गत असार ६ गते सिङ्गापुर गएको प्रमिशको जम्बो टोली आज बिहान स्वदेश फर्किएको छ । असार ८ देखि सिङगापुरका विभिन्न रमणीय स्थलमा सुटिङ गरिएको सो फिल्मको दुई दिन अघि सिङगापुर सुटिङ सकिएको थियो ।
सुरज सुब्बाको निर्देशनमा तयार भईरहेको प्रमिशको ५० प्रतिशत सुटिङ सकिएको निर्देशक सुब्बाले जानकारी गराए । बिहान ९ बजे एयरपोर्ट ल्याण्ड भएपछि टोलीका २० सदस्य सिधै आफ्नो गन्तब्य तर्फ लागेका छन् । एक हप्ते विश्राम पश्चात प्रमिशको सुटिङ सुचारु हुने छ । हिरोईन केकी अधिकारी माथि घुमेको उक्त फिल्मको कथामा नर लिम्बु ,रमेश राई तथा अनुराग मान सिहं कुबँर पनि प्रमुख कलाकारको रुपमा छन् ।
'सोचे भन्दा राम्रो भयो सुटिङ', एयरपोर्टमा ल्याण्ड भएपछी फिल्मीखबरसंगको कुराकानीमा केकीले भनिन् । यध्यपी ड्रेस राखिएको लगेज ब्याग हराएकाले केकीले एयरपोर्टमा तनाव भोग्नु पर्यो । सुरज सुब्बाले पनि सिङगापुरमा रहेका केही नेपालीहरुको सहयोगमा सुटिङ सहजताका साथ गर्न पाएकोमा हर्ष ब्यक्त गरे । रिभेन्ज ड्रामा शैलीको उक्त फिल्म संगीतकार महेश खड्काको कम्पनी टिएनआरजी प्रोडक्सको ब्यानरमा निर्माण गरिएको हो ।