मिति : २०८२ ज्येष्ठ १०, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

एक सातामा `बिन्दास` तयार

फिल्मीखबर, काठमाण्डौ, 2012/07/14

सुटिङ शुरू हुनु पूर्वदेखि नै चर्चामा रहेको फिल्म 'बिन्दास' पोष्ट-प्रोडक्सनको अन्तिम चरणमा पुगेको छ । सानोभर्‍याङ स्थित युनिभर्सल कलर ग्रेडिङ स्टुडियोमा भर्खरै मात्र डबिङ सकिएको सो फिल्मको एक साता भित्रमा सम्पूर्ण काम सकिने र प्रदर्शनका लागि तयार हुने निर्देशक राजु गिरीले फिल्मीखबरलाई जानकारी दिए ।

 

एक साता अगाडी प्रिमियर गरिएको बिन्दासको रिमझिम रिमझिम बोलको गीतलाई दर्शकले निकै रूचाईदिनु भएको र राम्रो प्रतिक्रिया पाएको बताउँदै निर्देशक गिरीले फिल्मलाई पनि मन पराईदिनेमा बिश्वास व्यक्त गरे । उनले भने, 'जसरी गीत हिट भईरहेको छ फिल्म पनि त्यसैगरि हिट हुन्छ भन्ने मलाई लागेको छ ।' फिल्मले आधुनिक युवायुवतीको जीवनकथालाई चित्रण गरेको बताईएको छ ।

 

मधुकुमार श्रेष्ठको प्रस्तुतीमा राजु केसीले निर्माण गरेको फिल्मले अहिलेको युवाहरूको बढ्यो सेक्स प्रतिको विकृतिलाई यथार्थ रूपले प्रस्तुत गरिएको निर्माण युनिटको भनाई छ । फिल्ममा शुष्मा कार्की, शुशान्त कार्की, अशोक फुयाल र रोशनी घिमिरेको मुख्य अभिनय रहेको छ । फिल्म भाद्र ८ गते नेपालभर एकसाथ प्रदर्शनमा आउने बताईएको छ ।