मिति : २०८२ आषाढ २, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

शम्भुजितलाई सम्मान

फिल्मीखबर, काठमाण्डौ, 2012/07/14

सम्मान पाउन पनि भाग्यले जुराउनु पर्छ यस्तै भन्दै थिए संगीत साधक शम्भुजित बाँस्कोटा जसले साहित्यकार हरिभक्त कट्वालको पहिलो र अन्तिम फिल्म गितलाई आफ्नो संगीत भर्ने मौका पाएका  थिए ।


'कहाँ गयो होला मेरो मिठो बैश आज नसुहाउने भयो भन्छन् तन्नेरीको माँझ…' एक दशक अघि निर्माण भएको अल्लारे फिल्मको उक्त चर्चित गितका रचनाकार स्वीर्गीय हरिभक्त कटुवालको नाममा स्थापना गरिएको सम्मानबाट शम्भुजितलाई मितेरी नेपालले सम्मान गरेको छ । शुक्रबार आदिकवि भानभुक्त आचार्यको १ सय ९९ औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा शम्भुजितलाई मितेरी नेपालले सम्मान गरेको हो । उनलाई उनकै सहकर्मी एवं साहित्यकार ध्रुवचन्द्र गौतमको हातबाट सम्मानित गरिएको हो ।


 'पहिलो भेटमा उहाँलाई रेडियो नेपालमा देख्दा मैले दाई भनी सम्बोधन गरेको थिए जुन बेला उहाँले मलाई दाई हैन सर भन्नुस भन्नुभएको म कहिले बिस्रने छैन्', शम्भुजितले सम्झिए ।  त्यस पश्चात समय वित्ने क्रममा सम्बन्ध घनिष्ट भएपछि हरिभक्तले शम्भुजितलाई आफ्नो गित रेर्कड गराउन दिएका थिए जुन गितलाई आफ्नो हातमा परेको झण्डै एक दशक पछि मात्र अल्लारे फिल्ममा शम्भुजितले प्रयोग गरे  ।

 

हरिभक्तले शम्भुजितलाई  सुरुमा दाई हैन सर भन्न भनी गरेको आग्रह त्यपश्चातको घनिष्ट सम्बन्ध अनि उनले लेखेको एक मात्र कालजयी फिल्मी गितमा आफ्नो सृजना हुनुले उनको नाममा स्थापना भएको पुरस्कार पाउदा आफू भाग्यशाली रहेको बताए । पछिल्लो समय हाई डिमान्डका कारण फिल्ममा संगीत नभरेका शम्भुजितले जिवनकालमा पाएको असंख्यक पुरस्कार र सम्मानहरु मध्येको सवैभन्दा महत्पूर्ण सम्मान यो रहेको बताए  ।

Most Visited News (monthly)