
कुरा घुमाउरो ढङ्गले गर्नु नै सक्दैनौ भन्नु हो जुन कुरालाई एक हुल फिल्मकर्मीले एमाले अध्यक्ष झलनाथ खनालका केही शब्द सुन्नासाथ चाल पाए । दोलखाको रमयणीय स्थलको १५ सय रोपनीमा स्थापना हुन लागेको फिल्म स्टूडियोका लागि आवश्यक रकम यसपालिको बजेट मार्फत ल्याउनका लागि आग्रह गर्न पुगेका फिल्मकर्मीलाई एमाले अध्यक्ष झलनाथ खनालले राजनीतिक कारण देखाउदै तत्काल आफ्नो तर्फबाट बजेट निकासको बिषयमा केही भन्न नसकिने बताएका हुन् ।
शुक्रबार चलचित्र बिकास बोर्डको नेतृत्वमा डल्लू स्थित आफ्नै निवासमा भेट्न आएको उक्त टोलीलाई अध्यक्ष खनालले एक घण्टा पूरा समय दिएर बर्तमान अवस्थाको फिल्म नगरी र हालको अवस्थामा उद्योगमा भईरहेका सकारात्मक र नकारात्मक दुवै गतिविधिको बिषयमा जानकारी लिएका थिए । टोलीमा रहेका बोर्ड अध्यक्ष गणेश भण्डारी पूर्व बोर्ड अध्यक्षद्धय नीर शाह तथा शैलेश आचार्य. कलाकार मदनदास श्रेष्ठ, देशभक्त खनाल, संगीतकार शम्भुजीत बास्कोटा, अभिनेत्री भूवन चन्द, निर्देशक आकाश अधिकारी, सुमन दाहाल, निर्माता सुनिल रावल लगायत केही फिल्मकर्मीले वर्तमान फिल्म उद्योगको विभिन्न बिषयमा पालैपालो रिपोर्टिङ गरेका थिए ।
टोलीले चलचित्र बिकास बोर्डलाई स्वायत्तता प्रदान गर्न यथासिघ्र चलचित्र ऐन लागू तथा विवादास्पद सेन्सर बोर्डको पुर्न गठन सम्बन्धमा पनि खनालको ध्यानाकर्षण गराएको थियो । बाबुराम भट्टराईको सरकारले राजिनामा नदिएसम्म पूर्ण बजेट ल्याउन नदिने उदघोष गरेको सरकार विरोधी दल नेकपा एमालले सहमति सरकार निर्माण पश्चात ल्याईने पूर्ण बजेटबाट मात्र स्टूडियोका लागि बजेट उपलब्ध गराउने प्रतिबद्धताले फिल्मकर्मी केही निरास भएका छन् । यध्यपी अध्यक्ष खनालले आफ्नो ब्यक्तिगत र समग्र दलको तर्फबाट फिल्म स्टूडियो स्थापनाको यो अभियनालाई फुल फ्लेजेट रुपमा सहयोग गर्ने प्रतिबद्धता भने जाहेर गरे ।
दुई सय करोडको बजेट तय गरिएको फिल्म स्टूडियो स्थापनाको सिड मनीका लागि फिल्मकर्मीले पहिलो चरण अर्न्तगत ३० देखि ४० करोड यहि आर्थिक बर्षको बजेट मार्फत निकासा गराउन खनाललाई आग्रह गरेका थिए । जुन आग्रह उनीहरुले काँग्रेस सभापति सुशिल कोईराला र माओवादी अध्यक्ष प्रचण्डलाई उनकै निवास पुगी गर्दैछ । अध्यक्ष खनालले स्टूडियो निर्माणको यो अभियानलाई सफल बनाउन एक ड्राफ्ट तयार गरी प्रमुख राजनीतिक दलका नेताहरु सहितको संयूक्त बैठक राख्न टोलीलाई आग्रह पनि गरेका छन् ।