मिति : २०८२ ज्येष्ठ १०, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

संसार आफ्नैको मुख्य नायक नै फिल्मको कथा

विष्णु शाही, नेपालगंज, 2012/07/13

रिलिज डेट नजिकिदै गर्दा नायक तथा निर्माता गोविन्द शाही आफ्नो दोस्रो फिल्म 'संसार आफ्नै' को प्रोमोसनको क्रममा नेपालगंज आइपुगेका छन् । नायक शाहीले नेपालगंजमा सन्चारकर्मीसंग कुरा गदै पहिलो फिल्मको तुलानामा धेरै राम्रो वनाएको चर्चा गर्नका साथै फिल्म हेरेर प्रतिक्रिया दिन सन्चारकर्मीलाई आग्रह गरे ।

 

यस्तै शाहीले बाँके चलचित्र पत्रकार संघका पदाधिकारीसंगको बसाईका क्रममा आफ्नो फिल्मको वारे जानकारी गराए । सो बसाईमा उनले आफ्नो फिल्मको नायक नायिका कुनै कलाकार नभएर फिल्मको कथा नै फिल्मको मुख्य नायक भएको वताए । उनले फिल्म संसार आफ्नै हरेक माया गर्ने जोडिको सत्य घटनामा आधारित नेपालीपन र नेपाली मनले भरीपुर्ण साथै कुनै वलिउड हलिउडवाट कपी नभएको समेत बसाईमा जानकारी गराए ।


साउन १८ मा मोफसल र १९ गतेवाट काठमाण्डौंका एक दर्जन वढी हलहरुमा प्रर्दशन हुने फिल्ममा रन्जित रानाको निर्देशन तथा तारा प्रकाश लिम्वु, चेतन/सुर्य र वसन्त सापकोटाको संगित, अष्ट मर्हजनको द्धन्दनिर्देशन रहेको छ । रिलिज पुर्व नै सवनम गरुङ र सनुप पौड्यालको स्वरमा रहेको 'फुलै फुल छ यहाँ वसन्तमा..' वोलको गित निकै चर्चामा रहेको छ । फिल्ममा नायक शाहीका अलवा सुमन सिंह, झरना थापा, राजकुमार थापा, कमलकृष्ण लगाएतको अभिनय रहेको छ ।

 

आफुले बनाएको पहिलो फिल्म 'कहाँ छौ कहाँ' को सफल व्यापारवाट हौसिएका नायक तथा निर्माता शाही पछिल्लो समय निरन्तर फिल्म निर्माणमा व्यस्त छन । उनको तेस्रो फिल्म 'पराई' प्रर्दशनको क्रममा छ भने चौथो फिल्म 'पुलिस' को तयारीमा छ