
श्रावण १२ गतेबाट देशभर एकसाथ प्रदर्शनमा आउन लागेको प्रतिक्षित फिल्म 'मायाज बार' को हल प्रोमो सार्वजनिक गरिएको छ । केहि दिन अगाडी सेक्स सधैं बिक्छ भन्ने थिम राखेर ३७ सेकेन्डको प्रोमो सार्वजनिक गरिएको थियो र अहिले फिल्ममा म्युजिक सहित एक्सनलाई स्थान दिएर २ मिनेट ७ सेकेण्डको प्रोमो रिलिज गरिएको छ ।
सुनिल मानन्धरको निर्माणमा दिनेश डिसीले निर्देशन गरेको फिल्म मायाज बारमा राजेश हमाल, करिश्मा मानन्धर, निशा अधिकारी, गजित बिष्ट, दिनेश डिसी, एनबी महर्जनको साथमा बालकलाकार रिरेन्द्र श्रेष्ठको अभिनय हेर्न सकिनेछ । राजेशलाई नेगेटिभ भुमिकामा देख्न सकिने यो फिल्मको द्धन्दलाई निर्देशक डिसीले अहिले सम्म नदेखेको हुने दाबी गरेका छन् ।
पुरूषोत्तम प्रधानको छायाँकन, सुरेश अधिकारीको संगीत रहेको फिल्मको द्धन्दनिर्देशन एनबी महर्जनले गरेका हुन् भने करियोग्राफर गम्भिर बिष्ट हुन् । यो फिल्म मोफसलमा भने श्रावण १८ गते मात्र रिलिज हुनेछ ।