
पुरानो हुँदैन मायाको नामबाट छायाँकन गरिएको फिल्मको नाम पुरानो स्टाईलको भएको ठानेर परिवर्तन गरि 'आइ लभ यु टू' राखिएको निर्माता समेत रहेका नायक निर्मल सेन्चुरीले फिल्मीखबरलाई जानकारी गराए ।
यसअघि कमलकृष्ण पौड्यालको निर्देशनमा बन्ने भनिएको फिल्म 'आइ लभ यु टू' बिबिध कारणले बन्न नसकेपछि सेन्चुरीले दीपकलाई लिएर पुरानो हुँदैन माया निर्माण गरेका हुन् । तर अहिले आएर सो नाम वितरक सहित साथीभाईहरूले परिवर्तन गर्न सल्लाह दिएपछि बोर्डबाट स्विकृती लिएर नाम परिवर्तन गरिएको सेन्चुरी बताउँछन् । फिल्ममा सेन्चुरीको साथमा सुमिना घिमिरे र जिया केसीको मुख्य भुमिका रहेको छ ।
सेन्चुरी फिल्म्सको व्यानरमा निर्माण गरिएको 'आइ लभ यु टू' त्रिकोणात्मक प्रेमकथामा आधारित फिल्म हो । फिल्ममा शिब श्रेष्ठ, सिर्जना बस्नेत, हेमन्त बुढाथोकी लगायतको पनि अभिनय रहेको छ । कोशिस क्षेत्री र नबिन रावलको संगीत रहेको उक्त फिल्मको कथा शिबम अधिकारीले लेखेका हुन् । दशैंको छेकोमा रिलिज गर्ने योजना बनाईएको 'आइ लभ यु टू' को पोस्टर र प्रोमो सार्वजनिक गरिएको छ ।