मिति : २०८२ ज्येष्ठ ११, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 4.67/5.00)
Text size:-
+
-

तीन नयाँ फिल्म सार्वजनिक

फिल्मीखबर, काठमाण्डौ, 2012/07/13

आज शुक्रबारबाट राजधानी र राजधानी बाहिर गरि तीन नयाँ फिल्म रिलिज भएका छन् । राजधानीमा जयकिशन बस्नेत निर्मित फिल्म 'तँ त सार्‍है सप्रिस नि बद्री' र प्रदिप उदय निर्मित फिल्म 'मालतीको भट्टी' देशभर एकसाथ प्रदर्शनमा आएको छ भने हरि खनाल निर्मित फिल्म'लक' मोफसलका हलबाट प्रदर्शनमा आएको छ ।

 

शोभित बस्नेतको निर्देशन रहेको फिल्म 'तँ त सार्‍है सप्रिस नि बद्री' एक्सन कमेडी फिल्म हो जहाँ निर्माता जयकिशनको साथमा रेजिना उप्रेती, सुशिल क्षेत्री, सुनिल थापा, सम्राट सापकोटा, दिनेश शर्मा, सोभित बस्नेत लगायतको अभिनय रहेको छ । फिल्ममा कृष्ण श्रेष्ठको छायाँकन, मनोज राजभण्डारीको संगीत, एनबी महर्जनको द्धन्द्ध तथा शिब विकको नृत्य रहेको छ ।

 

यस्तै गणेश देव पाण्डेको डेब्यू निर्देशन रहेको रेखा थापा, जीवन लुईटेल, नन्दिता केसी र अयुब केसी स्टारर फिल्म मालतीको भट्टी सामाजिक प्रेमकथानक फिल्म हो । यसै फिल्मबाट कालिप्रसाद बाँस्कोटाले पार्श्व संगीतकारको रूपमा डेब्यू गरेका हुन् । फिल्ममा संजय लामाको छायाँकन, रोशन श्रेष्ठको द्धन्दतथा रेनशा राईको नृत्य रहेको छ । फिल्ममा रेखा भट्टीवाल साहुनीको भुमिकामा देखिएकी छिन् ।

 

नायिका बेनिशा हमाललाई पब्लिसिटी सामाग्री सहित केहि सिनबाट समेत हटाएर एक किसिमको चर्चा बटुलेको फिल्म 'लक' लाई ऋषी न्यौपानेले निर्देशन गरेका हुन् । 'देखाई दिन्छु सबै कुरा पैसा तिरे पछि...' बोलको गीतबाट नै चर्चा पाएको फिल्म लकमा बेनिशाको साथमा किशोर खतिवडा, सम्झना प्याकुरेल, अनिल थापा लगायतको अभिनय रहेको छ । फिल्ममा गणेश श्रेष्ठको छायाँकन, चेतन सापकोटाको संगीत, रोशन श्रेष्ठको द्धन्द्ध तथा प्रदीप श्रेष्ठ र बब्बु थापाको नृत्य रहेको छ ।