मिति : २०८२ ज्येष्ठ १०, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

प्रमिशको सिंगापुर सुटिङ प्याकअप

फिल्मीखबर, काठमाण्डौ, 2012/07/12

गत असार ६ गते २० जनाको जम्बो टोली लिएर प्रमिश सुटिङका लागि सिंगापुर गएका निर्देशक सुरज सुब्बा नाल्बोले उक्त फिल्मको सिङगापुर सुटिङ प्याकअप भएको जानकारी गराएका छन् ।


बिहिबार फिल्मीखबरसंगको फोन सम्पर्कमा नाल्बोले सिंगापुरको करिब दर्जन लोकेशनमा फिल्म खिचिएको जानकारी गराउदै शनिबार बिहान नेपाल ओर्लने पनि बताए । हिरोईन केकी अधिकारी सहित क्रुमेम्बरका २३ सदस्य सहित उनी दोस्रो पटक फिल्म खिच्न सिंगापुर गएका हुन् । यसअघि उनले फेसबुकको सुटिङ पनि त्यही गरेका थिए । नाल्बोले दिएको जानकारी अनुसार प्रमिशको ५० प्रतिशत सुटिङ सिंगापुरमा गरिएको छ  ।

 

नाल्बोका अनुसार नेपाल फर्किएको एक हप्ते विश्रामपछी प्रमिशको बाँकी सुटिङ सुरु गरिने छ । पछिल्लो समयमा सफल अनि चर्चित निर्देशकको रुपमा आफूलाई उभ्याउन सफल नाल्बोले मेरो भ्यालेन्टाईनको सुटिङ सक्ना साथ प्रमिश सुरु गरेका हुन् । प्रमिशको सुटिङ सकिए लगत्तै उनी मेरो भ्यालेन्टाईनको पोष्टप्रोडक्सनमा ब्यस्त हुनेछन् र पुन: क्रस रोड भन्ने अर्को फिल्मको सुटिङका लागि उनी फेरी सिंगापुर जाने छन् ।


संगीतकार महेश खड्काको कम्पनी टिएनआरजी प्रोडक्सनको प्रस्तुतीमा निर्माण भएको रिभेन्ज ड्रामा शैलीको प्रमिशमा केकी सहित सिंगापुर प्रहरीमा कार्यरत दुई जवान नर लिम्बु र रमेश राई पनि प्रमुख भूमिकामा छन् । यसैगरी अनुराग मान सिंह कुवँर पनि फिल्मका नेगेटिभ हिरो रहेका छन् जो सिंगापुरमै छन् ।