
नेपाली फिल्म प्रेमी दर्शक र स्वयम फिल्मकर्मीहरुलाई खुशीको खबर । नेपालकै नम्बर वान टेलिभिजन च्यानलको रुपमा स्थापित कान्तिपुर टेलिभिजनले आउदो आर्थिक बर्षदेखि हरेक शनिबार नेपाली फिल्म प्रिमियर गर्ने भएको छ ।
विगतको समयमा निकै चलेका फिल्महरुको लिष्ट बनाउदै उक्त टेलिभिजनले दर्शकबाट डिमान्ड बढेको खण्डमा रिलिज भएको तीन महिना भित्र नयाँ–नयाँ फिल्म पनि प्रिमियर गर्ने लक्ष्य बनाएको छ । मेटानी शोको रुपमा हरेक साता फिल्म प्रिमियर गर्न लागेको सो टेलिभजनले प्रोमो प्रसारण पनि सुरु गरेको छ ।
कान्तिपुर टेलिभिजनका प्रमुख कार्यकारी निर्माता भुषण दाहालका अनुसार एक बर्ष एक्सपेरिमेन्टको रुपमा यो प्याकेज ल्याईएको हो । उनले भने, 'दर्शकले यो प्याकेजलाई रुचाएको खण्डमा फिल्मसंग सम्बन्धीत अन्य प्याकेज पनि ल्याईने छ ।' फिल्म कागबेनी निर्देशक दाहाल म्यूजिक भिडियो निर्देशन विद्यामा अब्बल निर्देशकको रुपमा परिचत छन् जसले नेपाली फिल्म उद्योगको श्रीबृद्धी गर्न आफ्नो च्यानल मार्फत नेपाली फिल्म प्रदर्शनको यो नयाँ प्याकेज ल्याएका हुन् ।