
आर्थिक संकटका बाबजुत नेपाल अर्न्तराष्ट्रिय आदिवासी चलचित्र महोत्सवको छैठो संस्करण आजदेखि सुरु भएको छ । नेपाल सहित विश्वका २० देशका ७९ वटा लामा छोटा फिल्म प्रदर्शन गरिने उक्त महोत्वस आउदो आईतबार सम्म चल्ने छ ।
काठमाण्ठूको भृकुटीमण्डप स्थित राष्ट्रिय सभा गृह तथा नेपाल टूरिजम बोर्डमा सुरु भएको महोत्सवको विभिन्न राजनीतिक दलमा आबद्ध रहेका पूर्व आदिवासी सभासद, राष्ट्रिय गीतका रचनाकार ब्याकुल माईला, राष्ट्रिय निशाना छापका डिजाईनर कृष्ण गोपाल श्रेष्ठ, महिला बेचबिखन विरुद्ध उल्लेखनीय योगदान पुर्याएकी चरिमाया तामाङ र दक्षिण एसियाकै उत्कृष्ट महिला भारत्तोलन खेलाडी तारादेवी पुनलाई सम्मान गरी सुरु भएको हो ।
महोत्सवका लागि भारतकी फिल्म निर्माता एवं निर्देशक रिता दत्त, अष्ट्रेलियाका निर्माता निर्देशक एन्ड्रावे भायल र नेपालका मानवशस्त्री डम्बर चेम्जुङ्गको निर्णायक टोली गठन गरिएको छ । ईन्डिजिनियस फिल्म आकाईभ (आईएफए) को आयोजनमा हरेक बर्ष हुँदै आएको महोत्सवमा अष्ट्रेलियाका ५ फिल्म, ब्राजिलको २, बोलिभिया र भारतको ३, क्यानाडाको १३ वटा सहित कम्बोडिया, स्विटजरल्याण्ड, ईक्वेडर, तान्जिनिया, फिनल्याण्ड लगायतका मुलुकका फिल्महरु यो महोत्सवमा हेर्न सकिन्छ ।
नोट : खुला किताव सरी रहेको आईएफए महोत्सवमा नेपाली फिल्मकर्मीको उपस्थिति भने पर्याप्त देखिएन । विगतका बर्षहरुमा हुने उक्त महोत्सवमा केही फिल्मकर्मीको उपस्थिति देखिए पनि यो पटक भने निर्देशक सुमन दाहाल, देशभक्त खनाल र क्यामेरा पर्सन अमोल शर्मा लगायत केहीको उपस्थिति देखिएको थियो ।