मिति : २०८२ ज्येष्ठ १०, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हाइवे टिममाथी प्रहरीको हस्तक्षेप

मणिराज गौतम, हेटौंडा, 2012/07/11

फिल्म हाइवेको सन्देश मुलक सडक प्रोमो देखाउने क्रममा हेटौंडामा प्रहरीले हस्तक्षेप गरेकोमा कलाकारहरूले निर्माण युनिट सहित आपत्ति जनाएका छन् ।

 

वुधबार राती ८ बजेको समयमा हेटौंडाको सीमा चोकमा फिल्मको ट्रेलर र गीत प्रसारण गरिएको थियो । उक्त पब्लिसिटी सामाग्री प्रसारण शुरू गरेको १५ मिनेटमा प्रहरीको एक हुल आएर फिल्ममा वितरक नरेन्द्र महर्जनलाई केहि बेर नियन्त्रणमा समेत लियो । 'म सहित कलाकार आशा मगराती र दयाहाङ राईलाई पक्राउ गर्न आएका थिए तर नरेन्द्र दाई अगाडी भएकाले उहाँलाई प्रहरीले नियन्त्रणमा लिएको हो', निर्देशक रौनियारले भने ।'

 

निर्देशक रौनियारका अनुसार हेटौंडाका डिएसपीलाई कार्यक्रम गर्न लागेको जानकारी गराईएको थियो । तर, एसपीको टोलीले बाटो ब्ल्क भएको भन्दै नियन्त्रणमा लिएको जनाएको छ । आफू माथी दुर्व्यबहार भएपछि दिपकले हेटौंडा डिएसपीसँग यस बिषयमा कुरा गर्दा उनले तपाईंको पब्लिसिटी हुन्छ भन्ने प्रतिक्रिया दिँदा आफू तीन छक परेको दिपकले बताए । उनले भने, 'यस्तो जिम्वेवार पदमा रहेका व्यक्तिले यसो भन्दा यसले समाजका राम्रो छाप पक्कै छोड्दैन ।'
 

साउन ५ गतेबाट प्रदर्शनको तयारी गरिरहेको हाइवे टीम देश दौडाहाका शिलशिलामा पोखराबाट आजै हेटौंडा आइपुगेको हो । हस्तक्षेपको केही समयपछि प्रहरीले जफत सामाग्री ल्यापटप, माईक, चार्जर फिर्ता गरेको थियो । पूर्व सूचना सहित कार्यक्रम आयोजना गर्दागर्दै प्रसारण सामाग्री सहित हाइवे टोलीलाई यसरी पक्राउ गरिएको र अपमानजनक व्यवहार गरेको भन्दै चलचित्र पत्रकार संघ, मकवानपूर शाखाले समेत भर्त्सना गरेको छ।