मिति : २०८२ ज्येष्ठ १०, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रञ्जितको संगीतमा राजेशको पहिलो स्वर !

फिल्मीखबर, काठमाण्डौ, 2012/07/11

नेपाली संगीतका धरोहर मानिने संगीतकार रञ्जित गजमेरको संगीतमा राजेश पायल राईले बल्ल आएर गीत गाउने मौका पाएका छन् । सयौं फिल्ममा गीत गाईसकेका राजेशले रञ्जितसँग काम गर्न पाउँदा खुसी व्यक्त गरे ।

 

अहिलेसम्म भारतमा नै गीत रेकर्डिङ गराउँदै आएका रञ्जितले पहिलो पटक नेपालमा गीत रेकर्डिङ गरेको बताईएको छ । राजधानीको भेनस स्टुडियोमा गीत गरिएको रेकर्डिङ आजबाट सकिएको राजेश पायलले जानकारी गराए । रेशम सापकोटाको निर्देशनमा बन्न लागेको फिल्म 'ढुकुटी' मा राजेशको साथमा अञ्जु पन्तको पनि स्वर रहनेछ । 

 

भाद्र महिनामा सुटिङ गर्ने बताईएको सो फिल्म सामाजिक कथामा आधारित रहने बताईएको छ । फिल्मको कलाकार छनोट हुन बाँकी रहेको फिल्म 'ढुकुटी' लाई ध्रुब पुनले निर्माण गर्नेछन् ।