
भगवानलाई एक पटक धन्यवाद दिनै पर्छ किन कि नयाँ हिरो गौरव पहाडी ठूलो दुर्घटनाबाट जोगिएका छन् । बरिष्ठ कलाकार टीका पहाडीका सुपुत्र गौरव हाल मञ्जरी फिल्मको सुटिङमा ब्यस्त छन् तर बुटवलबाट पाल्पा जाने बाटोमा रहेको सिद्धबाबा मन्दिर छेउको झरना मुन्तिर उनी ठूलो दुर्घटना हुनबाट जोगिएका छन् ।
मोन्टाजका लागि झरनालाई प्रपर्टी बनाएर दृश्य कैद गरि उनी सहित टिमका अन्य सदस्यले सर्ट कस्तो आयो भनी क्यामेरामा हेरिरहेका बोला ३० फिट माथिबाट झरेका करिब ५ किलोका ढुंगाले लागेर गौरव घाईते भएका हुन् । घाईते भए पश्चात उनलाई अस्पताल पनि भर्ना गरिएको थियो तर डक्टरको फष्टएड पश्चात अहिले उनको अवस्था सामान्य छ । मोफसल सुटिङ सकि काठमाण्डू फर्किने क्रममा गौरवमाथि प्रकृतिले ढुंगे आक्रमण गरेको हो ।
अत्याधिक गर्मीका कारण कहिले कलाकार विरामी त कहिले टेक्निसन विरामी हुँदा विभिन्न पिडा भोगेको मञ्जरीको सुटिङमा यस अघि दुई पटक गौरव घाईते भएका थिए । सुटिङ जोईन गरेको केही दिनमै उनलाई बाईकले अगाडीबाट हान्दा घुँडा र खुट्टाका बुढी औलामा चोट लागको थियो भने बुवासंगको एक सिन खिच्ने क्रममा पनि उनको दाहिने गालामा ठूलो चोट लागेका थियो ।
'यस अघिको दुई वटा घटना सामान्य भए पनि आज धन्न बाँचियो', गौरवले पाँच किलोको ढुंगा आफ्नो पिठ्यूमा खसेको सम्झना गर्दै भने', 'त्यो ठाँउमा पानी परेपछि जव घाम लाग्छ अनि आफै पहिरो खस्दो रहेछ । सायद हामी त्यहि बेलामा त्यहाँ पुगेका रहेछौ अनि त्यस्तो भयो ।' उता निर्देशक गणेश देव पाण्डेले सुटिङ पिरियडको अन्य घटना सामान्य भएपनि गौरवमाथि खसेको ढुंगालाई समान्य रुपमले आफूले नहेर्ने बताए । यध्यपी ठूलो दुर्घटना हुनबाट जोगिएकोमा उनले दैवलाई धन्यवाद दिएका छन् ।
गौरव सो फिल्ममा नयाँ हिरोईन सुजाता कोईरालासंगै लिड रोलमा छन् । फिल्मलाई टुका ईन्टरटेन्मेन्टले निर्माण गरेको हो । मोफसलको ७५ प्रतिशत सुटिङ सकि अहिले उक्त युनिट काठमाण्डू आईसकेको छ । निर्देशक गणेश देव पाण्डेका अनुसार आज बुधबार देखि आउदो दश दिन भित्र मञ्जरी सुटिङ प्याकअप हुने छ । दाहिने सोल्जरमा ढुंगाको चोट भएपनि समयको सिमालाई मुल्याकंन गर्दै गौरवले सुटिङ जोईन गर्ने बताएका छन् ।