
देशभरका ५५ सिनेमा घरमा एकसाथ प्रदर्शनमा आउने फिल्म मालतीको भट्टीले सुरुवाती कलेक्सनमा बलियो स्थान नबनाउन सक्छ । कारण यसको अपेक्षित दर्शक परम्परागत नै हुन्छन् । राजधानीको मल्टिप्लेस पाए पनि फिल्मले सुरुवातमा अपेक्षाकृत व्यापार भने नगर्न सक्छ तर पनि फिल्मको क्षमता भए दर्शक भने तान्न सक्छ ।
फर्मुला फिल्म मालतीको भट्टीमा रेखा थापाको स्टार भ्यालू परम्परागत दर्शकका लागि विकाउ हुनसक्छ । फरक धारले कमाइरहेको ट्रेण्डमा मुलधारकै मालतीको भट्टीको आक्रमक कलेक्सनको संभावना कम देखिन्छ तर लगानी रिकभरमा मालतीको भट्टीको अवस्था बलियो देखिन्छ । करिब ४७ लाख ५७ हजार मंगलबारको पब्लिसिटी खर्च सहित निर्माण भएको मालतीको भट्टीले भने लगानी सुरक्षित भने गर्दछ । प्रदिप उदयद्धारा निर्मित फिल्मले पश्चिम र पूर्व दुवै टेरिटोरीबाट कलेक्सन बराबरी गर्न सक्छ । खासगरी नेपाली फिल्मले पश्चिमबाट भन्दा पूर्वबाट बढि कलेक्सन गर्न सक्छ ।
राजधानी टेरिटोरीमा आप्रवासी दर्शक काठमाण्डौं बाहिरबाट आएर बसोबास गर्ने लक्षित दर्शकले फिल्मलाई एक साताको होल्डओभरमा सहयोग पुर्याउने छ । शुक्रवारको रिलिजमा तँ त साहै सप्रिस नी बद्री र अर्को फिल्म लकले पनि प्रर्दशन थाल्नेछन् । यी दुई फिल्मले मालतीको भट्टीलाई बिजनेसमा असर स्वत: पुर्याउने छ तर पनि मालतीको भट्टीनै माथी जाने सम्भावना देखिन्छ ।
नेपालमा प्रदर्शन सकिएपछि डायस्पोरा दौडमा मालतीको भट्टी जानेछ । आधा दर्जन मुलुकमा रिलिज व्यवस्था मिलाइसकेको जानकारी प्रदीप उदयले दिइसकेका छन् । डायस्पोरा कलेक्सन फिल्मको लागि ठूलो राहत हुनेछ । मालतीको भट्टीले लगानी रिकभर गर्न झण्डै १ करोड १६ लाख ग्रस कलेक्सन गर्नु पर्दछ । सिनेमा घरमा टिकट विक्रीको पचास पचास प्रतिशत प्रर्दशक र निर्माताले लिएपछि डिसिएन वितरित यो फिल्मले वितरकलाई ५ देखी १५ प्रतिसत कमिसन बुझाउने छ । डिभिडी राइट फिल्मको अर्को विजनेस कन्सर्न हो । डिभिडी राइट केही महिनापछि विक्री गर्ने भए पनि यसले रेभिन्यूलाई फाइदा पुर्याउछ नै ।
लगानीको २७ प्रतिशत अर्थात सबैभन्दा बढि प्राविधिक पक्षमा खर्च भएको निर्माता प्रदिप उदयको भनाई छ । पब्लिसिटीमा सोसल साइट र भिडियो साझेदारीलाई कम उपयोग गरेको हो की भन्ने देखिन्छ । फिल्म रिलिज हुनु पूर्व गीत संगीतले माहोल बनाउने गर्दछ यो विषयमा पनि मालतीको भट्टी केहि कमजोर देखिन्छ । भलै फिल्म राम्रो बने पनि प्रर्दशन पूर्वको पब्लिसिटी महत्वपूर्ण हुन्छ । त्यसपछि निर्मर हुने भनेको माउथ पब्लिसिटी हो । माउथ पब्लिसिटीका लागि फिल्म शुक्रवार सम्म कुर्नु पर्दछ ।