
चलचित्र पत्रकार संघ बाँके आज नेपालगञ्जमा गठन गरिएको छ । आज बसेको बैठकले बिष्णु शाहीको अध्यक्षतामा ११ सदस्यीय चलचित्र समिति गठन गरेको हो ।
उपाध्यक्षमा भेरी आवाजका करुणा शाह, सचिवममा कृष्णसार एफएम रमेश अधिकारी, सह-सचिवमा वागेश्वरी एफएमका दिलमाया काफ्ले, कोषाध्यक्षमा हिमाल एफएमका चित्र प. आचार्य, सदस्यहरुमा कोहलपुर एफएमका चिरायू विक, हिमाल एफएमका अरुण घिमिरे, टुडे खवर डटकमका ज्ञानु गौतम, जन आवाज एफएमका गोपाल नेपाल, जिएम कलिउड डटकमका दिपेन्द्र प्रकाश केसी र भेरी एफएमका कृष्ण शाही रहेका छन् ।
गठन भएको चलचित्र पत्रकार संघले मोफसल क्षेत्रमा रहेका कलाकारहरुलाई पेशा प्रति जागरुप बनाउन साथै केन्द्रका कलाकार र मोफसलाका कलाकार विच सुमधुर सम्बन्ध गराउने, आगामी दिनमा रंग सम्बन्धि कलम चलाउने, रंग पत्रकारका लागि थप तालिम प्रदान गर्ने, संघका अध्यक्ष शाहीले जानकारी दिए ।
गठित समितीले आगामी मंसिरमा राष्ट्रिय कलाकार सहितको वृहत सांकृतिक कार्यक्रम गर्ने उद्देश्य राखेको समेत वैठकमा जानकारी गराइएको छ ।