मिति : २०८२ ज्येष्ठ १०, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हाइवेको टोली पोखरामा

फिल्मीखबर, काठमाण्डौ, 2012/07/10

नेपाली फिल्म `हाइवे` का निर्माता निर्देशक र कलाकारहरुको टोली प्रचारप्रसार स्वरुप पोखरा आईपुगेको छ । प्रचारप्रसार स्वरुप फिल्म युनिटले मंगलबार पोखरामा फिल्मको प्रोमो र म्युजिक भिडियोको 'पब्लिक शो' गरेको छ । पोखराको मानवअधिकार चोकमा भएको पब्लिक शोमा काठमाण्डौबाट आएको टोलीले उपस्थित सबैलाई फिल्म हेर्न आउनको लागी निम्तो समेत दिन भ्यायो ।

 

हाईवेमा घट्ने विभिन्न घटनालाई कथानक बनाएर निर्माण पुरा भएको फिल्म 'हाइवे' साउन ५ गतेदेखि देशभर एकसाथ रिलिज हुने निर्माण पक्षले जनाएको छ । 'नेपाली परिवेश र नेपाली कथालाई नै उत्थान गरेर हामीले फिल्म बनाएका छौँ', पब्लिक शो कार्यक्रममा निर्देशक दीपक रौनियारले भने, 'फर्मुला शैलीको अन्य फिल्म भन्दा नितान्त भिन्दै कथा हाम्रो फिल्ममा छ ।' सम्बन्धहरुको हाइवे भनिएको फिल्ममा समाजका छुट्टाछुट्टै पात्रहरुलाई विभिन्न कथा मार्फत प्रस्तुत गरिएको निर्देशक रौनियारले बताए । 



निर्देशक दीपक रौनियार सहित निर्माता डा. समिरमणि दिक्षित, कलाकार दयाहाङ राई, आशा मगराती लगाएत पोखरामा आईपुगेका हुन् । पोखरा आएको टोलीले दिएको जानकारी अनुसार टोलीले बुधबार पोखराका विभिन्न कलेजमा पुगी त्यहाँका विद्यार्थीहरुसंग फिल्मको बारेमा अर्न्तक्रिया समेत गर्नेछ । आदि फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्म नेपालकै तर्फबाट पहिलो पटक विश्वकै ठुलो फिल्म फेस्टिभल मध्ये एक वर्लिन फिल्म फेस्टिभलमा पर्न सफल भएको थियो । प्रदर्शन अगावै चर्चामा रहेको यो चलचित्रमा सौगात मल्ल विनय श्रेष्ठ दयाहाङ राई, ऋचा शर्मा, सृष्टि घिमिरे, आशा मगराती, सन्दीप क्षेत्री, बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र लगाएतको अभिनय रहेको छ । 



पोखरा आएको टोलीले प्रोमो र गीतको भिडियो देखाईएको कार्यक्रममा आएका दर्शकहरुलाई हाइवे लेखिएको टिसर्ट समेत बाँड्यो । फिल्मसंगै सम्बन्धित विभिन्न प्रश्नहरु सोधिएकोमा सहि उत्तर दिने पाँच जना दर्शकलाई युनिटले टिसर्ट बाँडेको हो ।