मिति : २०८२ ज्येष्ठ १०, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आस्था बनिन् आकर्षणको केन्द्र

फिल्मीखबर, काठमाण्डौ, 2012/07/10

मायाज बारका अन्य कलाकारलाई प्राय मिडियाले  भेटीरहेको हुन्थयो तर बोल्ड भ्वाईसकी धनी आस्था राउतको उपस्थिति भने मिडियाले निकै कम देख्ने गरेको थियो । मायाज बारको म्यूजिक लन्चमा ढिला गरी आएकी आस्थालाई मिडियाले घेरेपछि उनी केही बेर आत्तिएकी पनि थिईन् ।

यध्यपी टेलिभिजनका बुम तेर्साउदै मिडियाबाट उनलाई  गित गाउन आग्रह गरेपछि आस्था प्रफुल्लित हुन्थीन । 'सरी अंकल आउन ढिला भयो ' उनले निर्देशक दिनेश डिसीतर्फ फर्किएर कान समाउदै माफी मागेपछि मायाज बारको म्यूजिक लन्च थप रामाईलो भएको थियो । यस अघि केही फिल्ममा बोल्ड भ्वाईस दिईसकेकी  आस्थाले मायाज बारको शिर्ष गितबाट आफूलाई प्रोमोट गर्न  मिडियालाई आग्रह पनि गरिन तर फ्रयाकं आस्थाले आफ्नो भनाईमा तुरुन्त सच्याउदै राम्रो चिज छ भने आफै प्रोमोट हुने भन्दै आफ्नो चतुर्यता  पनि देखाईन् ।  म्यूजिक लन्चमा मायाज बारका अन्य कालकार निशा अधिकारी करिश्मा मानन्धर र  राजेश हमालको उपस्थिति थिएनन् तर ईन्टायर टिमबाट फिमेल प्रतिनिधित्व गरेकी आस्थाले तीन मिनेटको स्पिचमा सवैको ध्यान तान्न सफल भएकी थिईन् ।

 



सुरुमा उनले गलाकाको समस्याले लाईभ  गित गाउन नसक्ने   बताएकी थिईन् तर म्यूजिक लन्च माहोल रमाईलोमा परिणत भएपछि  दिनेश डिसीसंग मायाज बार शिर्ष गित गाईन उनले  । 'उनी मेरी छोरी हुन जसले राम्रो संग गित गाउन सफल भएकी छिन् । ' संगीतकार सुरेश अधिकारीले भने । आस्थालाई उनी छोरी भनेर सम्बोधन गर्छन् ।  आफ्नो बोलीले सवैलाई आकर्षित गराउने खुबी भएकी आस्था नयाँ पुस्ताको गायिकाहरुको भिडमा सम्भवना बोकेकी गायिकाको रुपमा चिनिन्छिन् । उनले गाएको  'सालको पात टपरी गासेर..'  र बसमा छैन् यो मन....निकै    चर्चित गीत हुन  ।

मायाज बारमा आस्थाले गाएको गित