मिति : २०८२ ज्येष्ठ १०, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 4.40/5.00)
Text size:-
+
-

मायाज बारको गीत हिट नभए एक बर्ष गीत नगाउने राजेश पायलको उद्घोष

फिल्मीखबर, काठमाडौँ, 2012/07/10

पार्श्व गायनमा अब्बल मानिएका गायक राजेश पायल राईले केही दिन अघि ट्वीटरमा ट्वीट गर्दै लेखेका थिए 'मायाज बारको गीत हिट नभए एक बर्ष कुनै पनि फिल्ममा पार्श्व गायन गर्ने छैन ।' जुन ट्वीटमा उनका हजारौ फ्यानहरुले विभिन्न प्रतिक्रिया पनि दिए ।

 

उक्त ट्वीटमा राम्रो नराम्रो दुवै प्रतिक्रिया पाएका राईले सोमबार गरिएको मायाज बारको म्यूजिक लन्चमा ट्वीटरमा दर्शाएको कुरालाई मिडिया सामु पुनः निर्धक्क साथ राख्दै 'सर सर..' बोलको गीत हिट नभए एक बर्ष सम्म कुनै पनि फिल्ममा गित नगाउने उदघोष गरे । फिल्मी ईतिहासलाई केलाउने हो भने राजेश पायलले हाल सम्म निर्माण भएका नेपाली फिल्मको ६० प्रतिशत फिल्ममा आफ्नो स्वर दिईसकेका छन् । उनले आफ्नो दुई दशकको करिअरमा कहिले पनि यसरी गीत हिट हुने दाबी गरेका थिएनन् । त्यसमध्ये उनका हिट लिष्ट फिल्मी गित पनि त्यतिकै संख्यामा छन् ।

 

तीन बर्षअघि 'शिलशिला' फिल्मको सागर सरी चोखो माया... जति हिट भएको थियो त्यसपछि हिट हुने गीतमा मायाज बारको गीत रहने उनको दावी छ ।  सुरेश अधिकारीको शब्द तथा संगीतमा मायाज बारमा चार वटा गीत तयार गरिएका छन् जस मध्ये केही दिन अघि सार्वजनिक गरिएको लभ सङमा राजेश पायल र दुर्गा परियारको संयूक्त आवाज सुन्न सकिन्छ । मायाज बारको प्रेस मिटका लागि यूरोपको सांगीतिक भ्रमण सक्न नपाई हतारमा नेपाल फर्किएका पायलले विदेशी डायस्पोरामा जव गित गाउन तम्सिन्थे तव उनले  मायाज बारको गीत गाएर मात्र कन्स्रट सुरु गरेको पनि बताए । उनले भने. 'म आफैलाई यो गीत अत्याधिक राम्रो लागेर कन्सर्टमा गाउन छाडिन् ।  सार्वजनिक भएको केही दिनमै विभिन्न यूट्युव अपलोडरमा उक्त गीत हेर्नेको संख्या राम्रो छ ।

 



भिन्न शैलीले आयोजित म्यूजिक लन्चमा म्यूजिकल बैण्डको साथमा राजेश पायल र दुर्गाले उक्त गित पनि गाएका थिए । कार्यक्रममा निर्देशक दिनेश डिसी र आस्था राउतले पनि टाईटल सङ गाएर पत्रकार सम्मेलनलाई नै कन्सर्ट जस्तो बनाएका थिए । यसैगरी मायाज बार मार्फत हिरोमा डेब्यू गर्न लागेका गजित बिष्टले भाई गम्भीर बिष्टको कोरियोग्राफीमा डान्स गर्दै माहोल तताएका थिए । संगीतकार सुरेश अधिकारीले मिहिनेत अनुसार अन्य गित संगीतको तारिफ स्वभाविक भएपनि भिजुल रिलिज नगरिएको 'कुन दिनमा बाँधेछु घुँघरू ..' बोलको गित कालजयी हुने दाबी गरे । जुन गितलाई तपाई फिल्मीखबरको एमपीथ्री डाउनलोड सेक्सनमा गएर डाउनलोड गरी सुन्न सक्नु हुने छ ।

 

 

उता प्रोड्यूसर सुनिल मानन्धरले मायाज बार निर्माण हुने मुख्य कडीनै यसका गीत रहेको बताए । उनले भने, 'गितलाई मर्न नदिन मैले यो फिल्म बनाएको हो भन्दा फरक पर्दैन ।' कार्यक्रममा दुर्गा परियारले पहिलो पटक गाएको गितबाटै पाएको चर्चाको श्रेय दिनेश डिसी र संगीतकार अधिकारीलाई दिएकी छिन् । कार्यक्रममा राजेश पायलको एक प्रकृतिको दावी संगीतकार अधिकारीको अर्को दावी भईरहेका बेला निर्देशक डिसीले पनि हाल सम्म नेपाली फिल्ममा नदेखाईएको फाईट मायाज बारमा देख्न पाईने भन्दै अर्को दावी पनि गरे । जुन स्वीकारोक्ती फाईट मास्टर एनबी महर्जनले पनि गरे ।

 



श्रावण १२ गते राजधानी र १९ देखि मोफसलका हलहरुमा रिलिज गरिन लागिएको  उक्त फिल्मको प्रोमोशन स्वरुप आयोजना गरिएको  कार्यक्रमको दुईवटा म्यूजिकल झलक हेर्न र राजेश पायलले हिट नभए एक बर्ष गित गाउदिन भनेको गित हेर्न सक्नु हुनेछ ।

 

     

Song : Sara Sara

 

Pictures » Maya's Bar Music Lunch