मिति : २०८२ ज्येष्ठ १०, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.50/5.00)
Text size:-
+
-

मोर्डन लुक्समा भट्टीकी ग्ल्यामर साबित्री

फिल्मीखबर, काठमाण्डौ, 2012/07/09

नन्दिता केसीलाई नेपाली कलासंस्कृतीको खासै ज्ञान छैन । किनकी उनी बिदेशको रितिरिवाजमा हुर्केकी मोर्डन युवती हुन् । उनलाई डिस्को जान, रक्सि पिउन, चुरोट तान्न निकै मन लाग्छ । श्रीमान घरमा हुँदाहुँदै पनि व्यायफ्रेण्ड बनाउनु उनको सौख हो ।

 

रियल लाईफमा नन्दितालाई उल्लेखित कुराहरूमा देख्न सकिन्न तर यहि शुक्रबारबाट नेपालभर एकसाथ रिलिज हुन लागेको फिल्म 'मालतीको भट्टी' मा भने उनलाई यि यस्तै भुमिकामा देख्न सकिन्छ । फिल्ममा उनको नाम साबित्री तर क्यारेक्टर भने साबित्रीको जस्तो छैन । फिल्ममा निकै घमन्डी स्वाभावकी नन्दिता रियलमा भने निकै सोझी नायिकामा गनिन्छिन् । उनी आफै पनि भन्छिन्, 'रियल लाईफमा मलाई डिस्को, रक्सी, चुरोट केहि मन पर्दैन । साँच्चिकै भन्नु पर्दा म रियल लाईफकी साबित्री नै हुँ ।'

 

अहिले केहि फुर्सदमा समेत रहेकी नन्दिता मालतीको भट्टीको प्रोमोशनमा फूल टाईम दिन तयार छिन् । भन्छिन्, 'यो फिल्म मेरो लागि बिशेष छ त्यसैले पनि पब्लिसिटीमा डटेर लाग्नेछु ।' पहिलो पटक निर्देशकको ट्याग भिरेका गणेश देव पाण्डेले नन्दितालाई केहि ग्ल्यामर रूपमा प्रस्तुत पनि गरेका छन् । नन्दिता पनि भन्छिन्, 'मोर्डन लुक्समा भट्टीकी ग्ल्यामर साबित्री भएर म देखिंदैछु ।'

 

नन्दिताले नेपाली समाजमा घटिरहेको यथार्थ कथालाई भट्टीले चित्रण गरेको बताईन् । उनले भनिन्, 'यो एउटा बिशुद्ध नेपाली कथा हो र निर्देशक ज्यूले नयाँ ढंगले प्रस्तुत गर्नुभएको छ । वास्तवमा भन्नुपर्दा यो एउटा फ्रेस फिल्म हो ।' भट्टीकी यि साबित्रीसँग नायक जीवन लुईटेलले अनस्क्रिन रोमान्स गरेका छन् । जीवन मात्र हैन नायक अयुब केसीलाई पनि नन्दितासँग अनस्क्रिन रोमान्स गरेको देख्न सकिनेछ । रेखा थापा भने फिल्मको शिर्ष भुमिकामा छिन् । फिल्मलाई प्रदिप उदयले निर्माण गरेका हुन् ।