मिति : २०८२ ज्येष्ठ १०, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 2.00/5.00)
Text size:-
+
-

जिकेलाई पितृ शोक

फिल्मीखबर, काठमाण्डौ, 2012/07/09

करिब आधा दर्जन फिल्ममा कलाकारिताको अनुभव पश्चात प्रोड्यूसरमा टर्न हुन लागेका जिके शर्मालाई पितृ शोक परेको छ ।

लामो समय देखि मधुमेह तथा उच्च रक्तचापले पिडित उनका ७३ बर्षीय पिता कृष्ण प्रसाद खकुरेलको निधनले उनी हिजो देखि शोकमा छन् । पछिल्लो समय शोभित बस्नेतको फिल्म जाऊ हिड पोखरामा काम गरेका जिकेले सम्झीराख है, दुलही रानी, विरासत लगायतका फिल्ममा काम गरेका छन् ।

 

उनको पिताको काठमाण्डू मध्य बानेश्वर स्थित भेनस अस्पतालमा निधन भएको हो । पिताको निधन समयमा नयाँ दिल्लीमा रहेका जिके आईतवार साँझ ५ बजे फर्केर पशुपती आर्यघाटमा पिताको दाहसंस्कार गरे । जिके घरको एक मात्र छोरा हुन् ।