मिति : २०८२ ज्येष्ठ १०, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

डेस्टिनेशन काठमाण्डूमा जीवनको न्यू इन्ट्री !

फिल्मीखबर, काठमाण्डौ, 2012/07/08

निर्देशक दीपक रायमाझीको आकस्मिक निधनले गर्दा पूरा हुन नसकेको फिल्म 'डेस्टिनेशन काठमाण्डू' लाई असोज महिनामा पूर्णता दिएर पुष महिनामा रिलिज गरिने भएको छ ।
फिल्मका निर्माता शरद अधिकारीले दिएको जानकारी अनुसार फिल्मको केहि भाग रि-सुट गरेर पुषको २७ गते रिलिज गरिने छ ।

 

दीपक रायमाझीले पूरा गर्न नसकेको उक्त फिल्मलाई राजेश हमालले निर्देशन गरेर पूरा गर्ने बताईएको थियो तर अहिले फिल्मको स्क्रिप्ट र पात्रमा नयाँपन ल्याईएकोले निर्देशन कस्ले गर्छ भन्ने कुराको टुंगो भने लागेको छैन । तर फिल्ममा नायक जीवन लुईटेलले न्यू इन्ट्री मार्ने कुरा भने करिब  पक्का भएको छ । निर्माता अधिकारीका अनुसार फिल्मको स्क्रिप्टमा केहि थपघट गरेर जीवनलाई नयाँ पात्रको रूपमा इन्ट्री गराईनेछ ।

 

अहिले स्क्रिप्टको काम भईरहेको बताउँदै निर्माता अधिकारीले अष्ट्रेलियामा बस्दै आएका महेश कुवँरले लगानीबाट हात झिकेपछि फिल्मकी मुख्य पात्र अष्ट्रेलियन नायिका सराह मावेलाई हटाउने सम्भावना देखाए । उनले भने, 'व्यस्तताले गर्दा पनि सराहको च्याप्टर अब क्लोज नै गरि उनको स्थानमा नयाँ पात्र राखेर हामी सुटिङ गर्छौं होला ।' राजेश हमालले निर्देशन कुरालाई उनले सम्भावनाको रूपमा लिए । राजेशले निर्देशन नगरे ब्ल्याक मेलका निर्देशक मधुसुदन भट्टराईले गर्नेछन् ।

 

स्वर्गिय रायमाझीको स्क्रिप्टमा फाईटको सिन राखिएको थिएन तर अब जीवनको इन्ट्री हुने भएपछि सरदले स्क्रिप्टमा फाईटको सिन पनि राख्न लेखकलाई आग्रह गरेका छन् । उनी भन्छन्, 'पहिला बिना मसलाको फिल्म थियो अब मसला राखेर स्वादिलो बनाउने छौं ।' करिब ३० % काम बाँकी रहेको सो फिल्मका अर्का मुख्य पात्र झरना थापा र दिलिप रायमाझी भने यथावत नै रहनेछन् । उनीहरू ३० % भित्रको काममा रहने छन् । फिल्ममा एउटा आईटम डान्सले पनि स्थान पाउने भएको छ ।