मिति : २०८२ ज्येष्ठ १०, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

फेसबुकलाई भदौ १५ रिलिज गरिने

फिल्मीखबर, काठमाण्डौ, 2012/07/08

प्रतिक्षित फिल्मको लिस्टमा परेको सुरज सुब्बा 'नाल्बो' निर्देशित फिल्म 'फेसबुक' भदौ १५ गते नेपालभर एकसाथ प्रदर्शनमा आउने करिब पक्का  भएको छ । निर्माता सुनिल कुमार थापाले फिल्मीखबरसँग कुरा गर्दै उक्त मितीमा फिल्म रिलिज गर्ने निर्णय गरेको बताए ।

 

केहि साता अगाडी मात्र कोरियामा प्रिमियर गरिएको फिल्म 'फेसबुक' लाई त्यहाँका दर्शकहरूले निकै रूचाएका थिए । निर्माता थापाले नेपालमा पनि आफ्नो फिल्मलाई दर्शकले प्रतिक्षाको रूपमा हेरेको बताए । प्रदर्शनको मिती तय भएकाले अब पब्लिसिटीलाई व्यापक बनाउने समेत उनले बताए । शुरूमा श्रावण १५ गतेका लागि रिलिज डेट तोकिएको भएपनि भदौ १५ अझ राम्रो डेट देखेर सारेको निर्माता थापा बताउँछन् । फिल्मको वितरण आफैले गर्ने बताउँदै थापाले काठमाण्डौमा विरेन्द्रनारायण श्रेष्ठ र मोफसलमा मनोज राठीले सहयोग गर्ने बताए ।

 

सामाजिक सञ्जालले समाजमा पारेको सकारात्मक तथा नकारात्मक प्रभावको बारेमा चित्रण गरि निर्माण गरिएको फेसबुकमा राजेश हमाल, झरना थापा, स्वतन्त्रप्रताप शाह, सुवास थापा, विल्सनविक्रम राई, सुमन गैरे, अनुराग कुवँर, माटिन खान लगायतको अभिनय रहेको छ । निर्देशक सुब्बाले लेखेको सो फिल्ममा संजय लामाको छायाँकन, रोशन श्रेष्ठको द्धन्द तथा सुनिल बर्देवाको संगीत रहेको छ । फिल्मको सिंगापुर र काठमान्डौमा सुटिङ गरिएको हो ।