मिति : २०८२ ज्येष्ठ १०, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अञ्जुको सुस्तता ?

फिल्मीखबर, काठमाण्डौ, 2012/07/08

डिभोर्स भएको एक बर्ष पश्चात पनि अञ्जु पन्तको मुहारमा खुशी आउन सकेको छैन । यो एक बर्षको अवधिमा उनले आफ्नो सांगितिक हाईटलाई पनि केही मात्रामा गुमाउनु पर्‍यो । डिभोर्स भए पश्चात अञ्जुको ब्यस्ततामा पनि केही सुस्तता छाएको छ ।

 

कुनै पनि सांगितिक समारोह होस् वा कुनै जमघट अञ्जुलाई निम्तो पुगेको हुन्छ तर उनी किन कार्यक्रममा उपस्थित हुँदिनन् त्यो न त मिडियाले बुझिरहेको छ न त अञ्जुका सहकर्मीले । यस्तै भयो हिजो शनिबारको कार्यक्रममा पनि जहाँ अञ्जु पन्तले श्रीमान् फिल्ममा गाएको केही नबोली नजिक आउन बोलको गितको बारेमा चर्चा भयो । श्रावण पहिलो हप्ता हुन लागेको म्यूजिक खबर अवार्डको टप फाईभ नोमिनेशन प्रमाण पत्र वितरण कार्यक्रममा अञ्जुकी सहकर्मी माण्डवी त्रिपाठी उपस्थित भए पनि अञ्जु किन देखा पर्दिनन् भन्ने बिषयको बहस भयो । किनकी माण्डवी हरेक यस्ता कार्यक्रममा उपस्थित हुने गर्छिन् ।  

नेपाली गीत संगीतको प्रवर्धन एवं सम्बर्धनका लागि भन्दै आयोजना हुन लागेको म्यूजिक खबर म्यूजिक अवार्डमा २२ विधा अर्न्तगत नेपाली फिल्मबाट पनि संगीत, रचना र पुरुष गायन र महिला छुट्याईएको छ । नोमिनेशनका टप फाईमा पर्न सफल श्रष्टालाई शनिबार एक कार्यक्रम गरी प्रमाणपत्र वितरण गरियो । फिल्मबाट म्यूजिक खबर अवार्डका लागि फिल्मबाट सर्वोत्कृष्ट पार्श्व गायकमा किन लाग्छ मायाबाट प्रमोद खरेल, हाम्रो माया जुनी जुनीलाईबाट राजेश पायल राई र प्रविशा अधिकारी, भनिदेऊ न माया गर्छुबाट स्वरुपराज आचार्य, ब्याच नम्बर १६ बाट शिव परियार र अन्दाजबाट दीपक लिम्बु  र माण्डवी त्रिपाठी छन् । तिमि जहाँ भए पनि फिल्मबाट पनि माण्डवी टप फाईफ गायिकामा पनि परेकी छिन् । अञ्जु पन्तको नाम चाहि श्रीमान फिल्मको गितबाट परेको हो ।

प्रतिष्पर्धामा फिल्म संगीततर्फ अन्दाजबाट बसन्त सापकोटा, किन लाग्छ मायाबाट लछमण शेष, दुलहीबाट अष्ट लामा र भनिदेऊ न माया गर्छुबाट अर्जुन पोखरेल प्रतिष्पर्धीको रुपमा छन् । गीत रचना तर्फ स्वर फिल्मबाट भूपेन्द  खड्का, फर्कि आऊबाट बाबुराम दाहाल, श्रीमानबाट संजिवनी मिनु, किन लाग्छ मायाबाट प्रमोद ढुङ्गाना र भनिदेऊ न माया गर्छुबाट शान्ति प्रिय प्रतिष्पर्धीको रुपमा छन् ।