मिति : २०८२ ज्येष्ठ १०, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

प्रताप सुब्बालाई हिरा सिंह खत्री पुरस्कार

फिल्मीखबर, काठमाण्डौ, 2012/07/08

स्वर्गिय निर्देशक हिरा सिंह खत्रीको नाममा गुठी स्थापना गरी निर्देशक चेतन कार्कीले खडा गरेको हिरा सिंह खत्री स्मृति चलचित्र सम्मान एवं पुरस्कार बरिष्ठ निर्देशक प्रताप सुब्बालाई प्रदान गरिने भएको छ ।

गुठीले आईतबार प्रेस विज्ञप्ती जारी गर्दै २०६८ सालको उक्त पुरस्कार प्रताप सुब्बालाई प्रदान गर्न लागेको जनाएको हो । प्रवासी नेपाली भएर पनि विगत दिन दशक फिल्म क्षेत्रमा योगदान पुर्‍याउन महत्वपूर्ण भूमिका खेलेको भन्दै सुब्बालाई गुठीले २५ हजार १ रुपैया राशीको सम्मान एवं पुरस्कार प्रदान गर्न लागेको जनाएको छ । सुब्बाले परालको आगो, बाँच्न चाहनेहरु, दिदी, चट्याङ र भीष्म प्रतिज्ञा जस्ता फिल्महरुको लेखन तथा निर्देशन गरी नेपाली फिल्मी उद्योगमा योगदान दिएका छन् ।

 

सुब्बाले दर्जनौ नाटकहरुबाट पनि नेपाली रंगञ्मञ्चको गौरब बढाएका छन् । मुख्यत रातको प्रथम प्रहर उनको सर्वोत्कृष्ट नाटक मध्येको एक हो । केही महिना देखि काठमाण्डौमा रहेका सुब्बाले फिल्म लेखनमा कमब्याक गर्दैछन् । टासी लामाको निर्देशनमा बन्न लागेको सिमलको फुललाई सुब्बाले लेखिरहेका छन् जसको संगीत शम्भुजित बाँस्कोटाले तयार गरिरहेका छन् । पुरस्कार श्रावण ६ गते प्रदान गरिने बताईएको छ ।