
सत्र बर्ष अघि छोरी कवितालाई जन्म दिने समयमा ६५ केजी सम्मको तौल बनाएकी करिश्माले आगामी दिनमा ५० केजी भन्दा बढी तौल नबनाउने बताएकी छिन् । पछिल्लो दुई महिना यता उनी आफ्नो फिगर मेन्टेनमा ज्यादा ध्यान दिन पनि थालेकी छिन् । अमेरिकाबाट नेपाल कमब्याक भएयता पछिको उनको सवैभन्दा बढी रोजाई र आश गरिएको प्रोजेक्ट मायाज बार भएकाले उनले उक्त फिल्मको सुटिङ शुरू भएपछि फिगर मेन्टेन्टमा ज्यादा ध्यान दिएको रहस्य बाहिरिएको हो ।
ब्राउन कुर्तामा सजिएको अवस्थामा निकै क्यूट देखिनुभा'को छ नि रहस्य के होला भन्ने फिल्मीखबरको प्रश्नमा क्यूट एण्ड स्लिम करिश्माले भनिन्, 'दुई महिना बढी भयो मैले भात खान छाडेको सायद त्यही भएर पनि होला ।' फिगर मेन्टेनका लागि करिश्माले चामलको परिकारमा पूर्ण प्रतिबन्ध लगाएकी छिन् भने मासु तथा सफ्ट डिक्सको प्रयोग पनि करिब त्यागिसकेको बताईन् । उनले आजकाल डिढो, रोटी र फलफुलाई आफ्नो डाईट बनाईरहेकी छिन् । करिश्माका अनुसार ब्यस्ततामा केही सुस्तता आएकाले पनि विगतको जसरी हेल्थ मेन्टेन गर्न नसकिएकाले चामलको परिकार त्यागेको बताईन् ।
उनले उमेर ढल्के पनि दैनिक एक्सरसाईजबाट आफ्नो तौललाई ५० केजी भन्दा बढी नबनाउने बताईन् । 'दुई महिना अघि ५५ केजी माथि थिएँ तर अहिले ५० को हाराहारीमा आईसकेको छु, त्यसैले अबको केही दिन पछि ५० झरेपछि ठिक्क हुन्छ', उनले भनिन् । छोरी कवितालाई अमेरिका पठाए पश्चात उनले आजकाल आफू रानी विनाको मौरी जस्तो महसुस गर्न थालेको पनि बताएकी छिन् । यध्यपी छोरी नेपाल फर्किने करिब टुङ्गो लागिसकेकाले उनले आफ्नो अमेरिका भ्रमण पनि तत्कालको लागि स्थिगित गरेको उनको भनाई छ । मायाज बारमा उनका सहकर्मी राजेश हमाल भिलेनको रोलमा छन् जसले फिगर मेन्टेनका लागि विगत १२ बर्षदेखि भात खान छाडिसकेका छन् । हमालले पनि मुड चले औशी र पूर्णमा एक दुई चम्चा भन्दा बढी भात खादैनन् ।
प्रोष्टप्रोडक्सनको काम करिब अन्तिम चरणमा पुगेको मायाज बारको केही सिन खिच्न बाँकी थियो जुन सिन आज शनिबार खिचियो । सुन्धारा स्थित चाईना टाउन प्लानिङ परिसरको नयाँ विल्डिङमा केही घण्टे सुटिङ पश्चात मायाज बारको सम्पूर्ण छायाकंनको काम सकिएको छ । सिन सानो भए पनि चाईना टाउन प्रवेशद्धारमा सुटिङ हेर्ने दर्शकको घुईचो निकै लागेको थियो । सो क्षेत्रमा क्राउड अत्याधिक जम्मा भएपछि ट्राफिकलाई आफ्नो डिउटी निभाउन पनि केही गार्हो परेको थियो । यध्यपी शनिबारको दिन भएकाले सवारी आवातजावत पातलो भईदिदा सुटिङ सहज ढङगले गर्न सकेको निर्देशक दिनेश डिसीले बताए ।
ईन्सर्ट सिन खिच्नका लागि मात्र शशस्त्र प्रहरी बलका करिब १८ जना जवानलाई दिनेशले मायाजबारमा अभिनय गराएका छन् । जुद्ध बारुण यन्त्र, निर्वाचन आयोग र प्रहरी अस्पतालबाट उनले शसत्र प्रहरीलाई अत्याधुनिक हतियार सहित स्पटमा उतारेका थिए । एउटै कुरा धेरै पटक दोहोर्याई रहेपनि मज्जा आउदो रहेछ', कार्की थर गरेका एक सशस्त्र प्रहरीले फिल्म खेल्दाको अनुभव सुनाए । सुटिङका लागि बारुण यन्त्रको अत्याधुनिक दमकल, प्रहरी अस्पतालको भ्यान सहित केही नक्कली जनपथ प्रहरीको सहयोगमा क्लाईमेक्सको ईन्सर्ट सिन खिचिदै फिल्मको ईन्डक्ल्याप गरिएको हो ।
थोरै सिनका लागि पनि महंगो प्रोपर्टी किन होला भन्ने प्रश्नमा दिनेशले भने, 'मिडियामा अर्न्तवार्ता दिंदा फुर्तिफार्ती धेरै गरिन्छ तर झुर खिचियो भने त दर्शकले मारिहाल्छन् नि त्यसैले कम्प्रमाईजको कुरा छैन यो दिनेश डिसीको फिल्म हो ।' उनलाई बिशेष गरी क्यामेरापर्सन पुरुषोत्तम प्रधानले भनेअनुसारको आउटपुट दिन सफल भएकाले पनि पेपर वर्क अनुसार क्वालिटी निकाल्न सकेकोमा गर्व छ ।
श्रीराम बालाजी फिल्मसको ब्यानरमा निर्मित मायाज बारको पब्लिसिटी सहित टाईट बजेट १ करोड २० लाख रहेको बताईएको छ । फिल्मका निर्माता सुनिल मानन्धर हुन् भने अर्का प्रमुख दुई कलाकार निशा अधिकारी र गजित बिष्ट हुन् । आजको सुटिङमा गजित, करिश्मा र कान्छा फोटोग्राफरको रुमा गिनिज बुक रेकर्ड होल्डर बाल कलाकार रिरेन्द्र श्रेष्ठको दृश्य कैद गरिएको थियो । गजितलाई पहिलो फिल्मको सुटिङ सकिन नपाई थप तिन फिल्मबाट अफर आएको छ यध्यपी साईन नगरिसकेकाले उनले प्रोजेक्टको बारेमा श्रावण २५ गते मात्र सार्वजनिक गर्ने बताए । श्रावण २५ देखि सम्भवत उनी लभस्टोरी प्रोजेक्टमा ब्यस्त हुने छन् ।
कलाकारितामा हुने अधिकाश गुण भएका गजित विराटनगरका रैथाने हुन् जसले दश बर्षे संघर्ष पश्चात हिरोको रुपमा ब्रेक पाए । विराटनगर त्यस्तो क्षेत्र हो जहाँ चर्चित नेता देखि लिएर चर्चित अभिनेताहरुको जन्म स्थल हो तसर्थ ३० बर्ष सम्म एक क्षत्र राज गर्न सफल भएका शिव श्रेष्ठ विराटगरका कालाकार भएर जसरी लम्बे रेशको घोडा बन्न सफल भए त्यसैगरी अब पालो गजितको भन्दै निर्देशक डिसीले विराटनगर बासी माझ गतिजलाई भब्य रुपमा परिचित गराउने कार्यक्रम राखेका छन् ।
यस्तै काठमाण्डौका दर्शकमाझ प्रत्यक्ष चिनजान गराउन डिसीले श्रावण दश गतेको प्रिमियर समारोहमा गजितलाई काठमाण्डूको जयनेपाल हल हुदै सिटी सेन्टर र सिटी सेन्टरबाट सिभिल मल सम्म स्केटिङ गराउने कार्यक्रम पनि तय गरेका छन् । खुट्टामा पाङग्राको साहयताले गजितले प्रिमियरको दिन काठमाण्डौ परिक्रमा लगाउने छन् जसलाई प्रहरीले चेन बनाई सुरक्षा प्रदान गर्नेछ । मायाज बार हलवालाहरुको अत्याधिक डिमान्ड अनुसार निर्धारित समय भन्दा काठमाण्डौका दर्शकले एक हप्ता अघि श्रावण १२ मा हेर्न पाउने छन् भने मोफसलका दर्शले श्रावण १९ का दिन देखि मात्र ।
मायाज बारको क्वालिटी मुल्याकंन गर्न केही दिन अघि सार्वजनिक गरिएको उक्त फिल्मको गीत हेर्नुस्