मिति : २०८२ ज्येष्ठ १०, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

संयम र विल्सन अनुबन्धित

फिल्मीखबर, काठमाण्डौ, 2012/07/07

'सायद' का दुई प्रोटागोनिस्ट संयम पुरी र विल्सनविक्रम राई दुर्गिश फिल्मसको अनटाइटल प्रोजेक्टमा अनुबन्धित भएका छन् । पहिलो फिल्मको सफलतापछि दुई तन्नेरी अभिनेतालाई निरन्तरता दिइएको फिल्म कम्पनी प्रमुख सुनिल रावलले बताए । 'संयम र विल्सन हाम्रै उत्पादन हुन् र उनीहरुको क्षमता उपयोग गर्न चाहन्छौं', अभिनेता समेत रहेका रावलले भने ।

फिल्मको शीर्षक निर्देशक र कलाकारको थप खुलासा भने उनले 'सायद' को ७५ दिने भव्य जमघटमा गर्दैछन् । यद्यपी श्रेणीको भने खुलासा भएको छ र सोसल ड्रामा निश्चित छ । 'यो होस्टेल छात्रावास भित्रको कथानक हो', सुनिलले कुरो उघारे 'छात्रावास भित्र तन्नेरीको सेक्स प्रेम र अन्य इस्युको कथा हो जुन बाहिर आउनैपर्छ ।' पहिलो फिल्म सामाजिक मुद्दामाथि बनेकाले अबका उत्पादनलाई पनि समाजभित्रकै खाकामा ढालिने उनले जनाए ।

अपकमिङ फिल्ममा निर्देशकीय भूमिकामा सुरज सुब्बालाई निरन्तरता दिने बारे रावलले यकिन गरेनन् । 'सकेसम्म युवा पुस्ताबाटै निर्देशन गर्ने तयारीमा छौं', उनले भने. 'सुरजजी पनि विकल्प मध्येका एक उम्मेदबार हुनुहुन्छ तर सम्भावना कम छ ।'  संयम र विल्सनले पर्दामा रोमान्स गर्ने अभिनेत्री पनि यकिन छैन । यद्यपी फिल्मलाई अन्तराष्ट्रिय बजार मैत्री तुल्याउन उनले गृहकार्य थालेका छन् ।


'सायदबाट टीनएज एक्टर संयम र विल्सनले प्रसिद्धिको रेटिङ बढाएका थिए । वितरक संस्था डीसीएनका अनुसार 'सायद' दुई करोड माथिको दौडमा छ । खबरअनुसार दुर्गिशको आगामी फिल्मकै लागि भनेर संयम र विल्सनले 'सायद' पछि प्राप्त फिल्मका लगातार प्रस्तावलाई अस्वीकार गर्दै आएका थिए ।