
आईटम नम्बरको गितमा समिक्षकहरुको तीब्र आलोचना खेपेको लक युनिटले 'हाँसि हाँसि मुटुमा छुरा रोप्नेलाई' बोलको नया गीत रिलिज गरेको छ ।
असार २९ देखि मोफसलका ३० र साउन ५ देखि राजधानीमा १५ थिएटरमा समेत रिलिजको तयारीमा रहेको सो फिल्मको सार्वजनिक गरिएको नयाँ गितलाई अन्जु पन्तले गाएकी छिन् । पूर्वत गितमा आफूलाई गलत तरिकाले प्रस्तुत गरिएको भन्दै निर्देशक ऋषि न्यौपानसंग आपत्ती जनाएकी बेनिशा हमालसंगको सम्बन्ध सुधार्ने प्रयासका साथ ऋषिले यो गित सार्वजनिक गरेको बुझिएको छ । यध्यपी बेनिशासंग कहिलै पनि आफ्नो सम्बन्ध सुधार नहुने उनी बताउछन् ।
यस अघि ऋषिले प्रोमोशनल गतिविधिमा बेनिशालाई कहि कतै प्रयोग नगरिने बताएका थिए तर रिलिजको छेकोमा आईटम गीत भन्दा यहि गितलाई उनले बढी पब्लीसिटी गरिरहेका छन् । सार्बजनिक उक्त गितमा चेतन सापकोटा संगीत छ भने कोरियोग्राफी प्रदीप श्रेष्ठको हो । पछिल्लो समय फिल्मी गितलाई म्यूजिक भिडियो स्टाईलमा सुट गरिने शैलीलाई प्रदीपले पनि यो फिल्ममा पछ्याएको देखिएको छ ।
फिल्मलाई हरि खनालले निर्माण गरेका हुन् । यस्तै किशोर खतिवडा फिल्मका प्रमुख हिरो हुन् । असार २९ मा तँ त साह्रै सप्रिस नि बद्रि र मालतीको भट्टी पनि रिलिज हुदैछन् तसर्थ एकै मितिमा तीन फिल्मको भिडन्तले कुन प्रोड्यूसरको भाग्य चम्कने हो भन्ने बिषय माथिको बहस फिल्मी बजारमा सुरु हुन थालेको छ ।