मिति : २०८२ ज्येष्ठ १०, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फुलस्टपको गीतमा बलिउडको मिठास

फिल्मीखबर, काठमाण्डौ, 2012/07/06

भाद्र महिनामा रिलिजको तयारी गरिएको नेपाली फिल्म 'फुलस्टप' को गीत सार्वजनिक गरिएको छ । चपली हाईटबाट एकाएक चर्चामा आएकी नायिका बिनिता बराल र अन्दाज डेब्यू हिरो सबिन श्रेष्ठ अभिनित उक्त गीतमा हिन्दी शब्द र संगीतको मिठास सुन्न सकिन्छ ।

 

कमलकृष्ण पौड्यालको निर्देशन तथा संगीत रहेको सो गीतमा केहि बिशुद्ध हिन्दी शब्दलाई राखिएको छ । शब्दमा मिठास ल्याउन हिन्दी शब्द प्रयोग गरिएको भए पनि त्यसले राम्रो छाप भने नछोड्ने संकेत देखिन्छ । सार्वजनिक गीतमा राकेश खालिङ र मनिषा पोखरेलको स्वर सुन्न सकिनेछ भने साईमनको करियोग्राफी हेर्न सकिनेछ । गीतबाट नै फिल्मको कथा झल्कने हुनाले टिमले अहिले अढाई मिनेटको गीत मात्र रिलिज गरेको हो ।

 

माता मनकामना फिल्मसको ब्यानरमा मोहनकृष्ण श्रेष्ठ, गजेन्द्र रञ्जित र बेनीज्योती गुभाजुले निर्माण गरेको उक्त फिल्मबाट बिनिताले निकै आश राखेको बताईन् । फिल्ममा आफ्नो भुमिका निकै राम्रो भएको र दर्शकका लागि नयाँ टेस्ट पनि हुने बिनिताले दाबी गरिन् । यस्तै सबिनले पनि यो फिल्मलाई आफ्नो करियरको टर्निङ प्वाईन्टको रूपमा हेरेका छन् ।