मिति : २०८२ ज्येष्ठ ११, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(13 votes, avg 4.23/5.00)
Text size:-
+
-

निशा सुटुक्क मुस्ताङ गएपछी आर्यनको विचल्ली

फिल्मीखबर, काठमाण्डौ, 2012/07/05

हुन त आर्यन विन्दास मान्छे हुन तर पनि आफ्नो विन्दास पनमा अरु कसैले अबरोध पुर्‍याएपछी उनको विन्दास पनमा केही नमज्जा थपिएको छ । प्राय रातको समयमा सुटिङमा ब्यस्त रहेका आर्यन निशा अधिकारीसंग दोस्रो पटक अनस्क्रिन रोमान्स गरिरहेका थिए तर त्यो रोमान्सको अन्तिम समयमा निशा एकाएक गायव भएपछी आर्यन केही चिन्तित देखिएका हुन् ।


आर्यन र निशाले अभिनय गरेको दोस्रो फिल्म हो 'धुवाँ यो नशा' । तर निशालाई एक्कासी सगरमाथा चढ्ने नशाले तानेपछी धुवाँ यूनिटको चार दिनको काम रोकिएको छ । जसकारण सुटिङ रोकिएपछी तनावग्रस्त आर्यनलाई भन्दा ज्यादा फिल्म निर्माण कम्पनी रिजाल एण्ड रिजाल प्रोडक्सनलाई भएको छ । किनकी निर्धारित समयमा फिल्म प्याकअप गर्न नसकेपछि कम्पनीले निशाको ब्यबहार प्रति आपत्ती जनाएको बुझिएको छ ।

 

यध्यपी निशा प्रतिको आफ्नो असन्तुष्टी लुकाउदै सम्बन्धमा त्यस्तो कुनै उतार चढाव नआएको प्रोड्यूसर रामप्रसाद रिजाल बताउछन् । तर, फिल्मीखबरलाई प्राप्त खबर अनुसार चार दिनको काम सकेर मात्र  ट्रेकिङ जान धुवाँ यूनिटले आग्रह गरिरहदा निशा खबर नै नगरी ट्रेकिङ गएकाले उनीसंग निर्माण युनिट चिडिएको  हो । यस अघि पनि निशाले एक दिनमा तीन सेड्यूलमा काम गर्दा धुवाँको सुटिङ तन्किन सकेको थिएन ।

 

विशेषत धुवाँमा वितरक सुनिल मानन्धरको लगानी २० लाख रहेकाले निशाले सो समय सुनिलको पूरै लगानी रहेको फिल्म मायाज बारमा धेरै समय दिंदा निर्देशक लक्ष्मण रिजालले आफ्नो फिल्मको सुटिङ लम्बयाउन सकेका थिएनन् । तर मायाज बारको प्रोमोशनका लागि राखिएको पहिलो औपचारिक कार्यक्रममा निशाबाट सुनिलले पनि साथ नपाएपछी उनी पनि जिल्ल परेका छन् ।