
माइती नेपालले फिल्म ‘मुनामदन’ हेरेको छ । फिल्म हेर्न संस्थाले गोपिकृष्ण हलको अडिटोरियम नै रिजर्भ गरेको थियो । अध्यक्ष अनुराधा कोइरालासँग त्यहाँ आश्रित बालबालिका र किशोरीले फिल्म हेरे ।
‘फिल्मले म र मेरा छोराछोरीलाई भावुक बनायो’, अध्यक्ष कोइरालाले फिल्मीखबरलाई भनिन्, ‘सय वर्ष अघिको कथा पनि अहिलेसम्म जीवन्त बनेको छ । यसबाट हामी सबैले गतिलो पाठ सिक्नुपर्छ ।’ संस्थाले मानव बेचविखनविरुद्धको क्षेत्रमा काम गरिरहेको छ । महाकवि लक्ष्मी प्रसाद देवकोटाको प्रसिद्ध कृति ‘मुनामदन’ मा आधारित रहेर निर्माण गरिएको फिल्मलाई ज्ञानेन्द्र देउजाको निर्देशनमा नवराज ढकालले निर्माण हुन् ।
मोफसलमा राम्रो व्यापार गरेको उक्त फिल्मले राजधानीमा भने ठाडो शब्दमा भन्दा झुर व्यापार नै गर्यो । तर पनि निर्माताले भने आफ्नो लगानी रिकभर भईसकेको बताएका छन् । फिल्ममा उषा पौडेल, दिपक त्रिपाठी, निर शाह, शुभद्रा अधिकारी, दिनेश डिसी, मिथीला शर्मा, रामचन्द्र अधिकारी, विजय लामाको मुख्य भुमिका रहेको छ ।