मिति : २०८२ ज्येष्ठ ११, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

असार २९ मा बद्री नाम गरेका जो कोहीले सित्तैमा फिल्म हेर्न पाउने

फिल्मीखबर, काठमाडौँ, 2012/07/05

बद्री नाम गरेका फिल्म प्रेमी दर्शकहरुलाई एउटा खुशीको खबर । यहि आउदो असार २९ गते देखि देशब्यापी रिलिज हुन लागेको कमेडी फिल्म 'तँ त सार्‍है सप्रिस नि बद्री' हेर्न यदी तपाईलाई इच्छा लागेको छ भने चिन्ता नलिनुस किनकी बद्री नाम गरेका जुन सुकै बर्ग र उमेरका दर्शकले आफ्नो परिचय पत्र देखाएको खण्डमा उसलाई सित्तैमा आफ्नो फिल्म हेर्न दिईने ट्रेण्डी फिल्मसले जनाएको छ ।


जातिगत मुद्धा उठाएको भन्दै सेन्सर बोर्डबाट झन्झट ब्यहोरेको उक्त फिल्मले तीन पटकको सेन्सर प्रक्रिया पश्चात सवै बर्गको दर्शकले हेर्न मिल्ने गरी यूनिभर्सल सर्टिफिकेट पाएको छ । दुई साता अघि सेन्सरले आफ्नो फिल्म पास नगरे सार्वजनिक रुपमै ब्लू फिल्म बनाउने धम्की दिएका प्रोड्यूसर एवं सो फिल्मका मुख्य पात्र जयकिशन बस्नेतले बिहिबार प्रेस मिट आयोजना गरी सेन्सर विवाद बाट मुक्ति पाएको बताए । यध्यपी जातिगत मुद्धा बाहुन, क्षेत्री र नेवार लडाउने भन्ने दृश्यलाई सेन्सरले कैची मारिदिएको सेन्सर सर्टिफिकेटमा उल्लेख छ ।

 

जयकिशनका अनुसार फिल्ममा समाजमा द्धन्द फैलाउने किसिमको कुनै त्यस्तो संवाद नभए पनि बोर्डले दिएको झन्झटबाट आफू आजित भएको बताए । उनले भने, 'दुई अर्थ लाग्ने डाईलगमा बोर्ड कर्मचारी ताली पिटी पिटी रमाउथे तर सवैजना मिल्नुपर्छ भन्ने जातिगत डाईलगमा उनीहरुको आपत्ती देख्दा म अचम्ममा गरें ।' जय किसनले केही दिन अघि सेन्सर भएको हाईवेमा उठाईएको लिम्बुवानको ईश्यूलाई काटेको प्रति आपत्ती जनाउदै यथार्थ परक शैलीमा तयार गरिएका फिल्मको पक्षमा एक जुट हुन फिल्मकर्मीलाई पनि आग्रह गरेका छन् । उनले आज पनि सेन्सरले आफ्नो फिल्म पास नगरे कपाल खौरेर सेन्सरको किरिया गर्ने तयारी गरेका थिए तर अन्तिम समयमा सेन्सर सर्टिफिकेट हात परेपछि उनले सेन्सरको किरिया रोकेको प्रेसमिटमा फिल्मीखबर समक्ष भने ।

उता निर्देशक शोभित बस्नेत पनि सेन्सरको नियतले उद्योग कतातिर गईरहेको भन्दै कड्किन छाडेनन् बरु उनले आफ्ना फिल्ममा प्रयोग भएका भल्गर शैलीका दुई अर्थी डाईलगमा कैची लगाएको भए आपत्ती हुन नसक्ने तर जातिगत मुद्धामा लगाएको अबरोधले अचम्मा परेको बताए । पूर्ण रुपमा कमेडी शैलीको उक्त फिल्मको बद्री भाई बोलको गित अहिले म्यूजिक काउन्टडाउनमा रुचाईएको गितमा पनि पर्न सफल भएको छ । फिल्ममा रेजिना उप्रेती हिरोईनको रुपमा छिन् तर उनी प्रेस मिटमा उपस्थित भईनन् । यध्यपी हिरोईनको एप्सेन्स भए पनि प्रचार शैलीमा नयाँ आईडिया लगाउदै बाठा शोभितले बद्री नाम गरेका जो कोही दर्शकले हलको काउन्टरमा गएर आफू सप्रिएको बद्री भन्दै नागरिकता देखाएको खण्डमा फिल्मको टिकट सित्तैमा दिईने बताएपछी मिडिया जगत पनि शोभितले लगाएको फिल्म चलाउने नयाँ आईडियाले अचम्ममा पर्‍यो ।

प्रोमो

  

गित : दिस इज बद्री भाई