मिति : २०८२ ज्येष्ठ ११, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 5.00/5.00)
Text size:-
+
-

छाडा र अष्लिल फिल्मको विरूद्धमा शुट

फिल्मीखबर, काठमाण्डौ, 2012/07/05

बनिरहेका अश्लिल र छाडा फिल्मको काउन्टर दिन विश्वदीप घिमिरेले 'शुट' नामक फिल्म निर्माण गर्ने भएका छन् । फिल्मको बिहिबार राजधानीमा मुहुर्त गरियो ।

 

भौतिक शुट भन्दा बौद्धिक शुट कयौं गुणा शक्तिशाली हुन्छ भन्ने थिममा आधारित रहेर निर्माण गर्न लागिएको सो फिल्म हरेक वर्गले हेर्न मिल्ने खालको बनाउने निर्देशक घिमिरेले बताए । उनले भने, 'अहिले बनिरहेका छाडा फिल्महरू हेर्न नसक्ने अवस्थामा रहँदा हामीले भने सबैले हेर्न मिल्ने खालको फिल्म बनाउँदै छौं ।' क्रियटिभ एक्सपोजको व्यानरमा अनुस्का खड्का र हेमकुमार श्रेष्ठले निर्माण गर्ने सो फिल्मको कथा निर्देशक घिमिरेले नै लेखेका हुन् ।

 

दिपक क्षेत्री, दिनेश जंग खड्का, सुरज रानाभाट, बिशाल केसी, नीता पोख्रेल, आयुषा राई, रञ्जिता लिम्बू, जिएस पाण्डे लगायतको अभिनय रहने सो फिल्मलाई एम आलेले खिच्दैछन् । फिल्ममा अच्युत घिमिरेको करियोग्राफी, उन्छोन चेम्जोङको द्धन्द र भोजराई प्रसाईको संगीत रहनेछ ।