मिति : २०८२ आषाढ १, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

मालतीको भट्टीको बिशेष शो

संजय सौगात, बुटवल, 2012/07/04

रिलिज मिती नजिकिंदै गर्दा निर्माता प्रदिप उदयले बुधबार बुटवलमा फिल्म ‘मालतीको भट्टी’ को बिशेष शो गराए । खासगरी फिल्मको पब्लिसिटीमा सहयोग पुगोस भन्ने उदस्यले पत्रकारहरुको लागि बिशेष शो गराइएको बुझिएको छ ।


बुधबार बिहान ९ बजे गरिएको बिशेष शोमा बुटवलका अधिकांस पत्रकारहरुको उपस्थिती थियो । साथै निर्माता उदयका आफन्तजन तथा साथीभाईहरुको पनि उपस्थिती थियो । फिल्म हेरिसकेपछि पत्रकारहरु तथा अन्य दर्शकले फिल्म राम्रो भएको प्रतिक्रिया दिंदै निर्माता उदयलाई सफलताको शुभकामना पनि दिए । अहिले सेक्सुअल फिल्महरुको वाढी आइरहेको अवस्थामा यस फिल्मले राम्रो व्यापार गर्ने अनुमान गरिएको छ ।


फिल्मको शिर्ष भुमिकामा भने नायिका रेखा थापाले अभिनय गरेकी छिन् । साथमा जीवन लुईटेल र नन्दिता केसीको पनि मुख्य भुमिका रहेको छ । रेखाले फिल्ममा एक भट्टीवाली युवतीको रुपमा अभिनय गरेकी छिन् । सामाजिक तथा पारिवारिक कथावस्तुमा आधारित यस फिल्ममा खासगरी हतारमा गरिने बिवाह र श्रीमान श्रीमतीले एक अर्कालाई बुझ्न नसक्दा  उत्पन्न हुने समस्यालाई मुल रुपमा देखाइएको छ ।


यही असार २९ गतेबाट देशभर एकैसाथ प्रदर्शन हुन लागेको यस फिल्मले बिश्वभर प्रर्दशन गर्न पाउने गरी सेन्सरबोर्डवाट युनिभर्सल सर्टिफिकेट पनि पाएको छ । फिल्मको गणेशदेव पाण्डेले निर्देशन गरेका हुन् ।

Most Visited News (monthly)