मिति : २०८२ ज्येष्ठ १०, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.00/5.00)
Text size:-
+
-

बाबु नीर शाहले फिल्म नखेलाउदा छोरा आयुष क्रुद्ध

फिल्मीखबर, काठमाण्डौ, 2012/07/04

यो संसरकै नियम हो भन्दा फरक नपर्ला जेनेरेशन ग्याप हुन नदिन हरेक कलाकारले आफ्नो सन्तानलाई कलाकारितामा ल्याएको तर नेपालमा भने यसको सुरुवात भर्खरै मात्र भएको देखिन्छ । यध्यपी सन्तानलाई यहि पेशामा ल्याउने कि नल्याउने भन्ने बिषयमा फिल्मकर्मीले निर्णय गरिसकेका छैनन् । २०२३ साल देखि निरन्तर रुपमा खटिरहेका नीर शाह त्यस्तो धरोहर हुन् जसले फिल्म क्षेत्रबाटै ठूलो नाम कमाए तर पनि उनलाई चित्त बुझ्या छैन यो पेशा ।
 

त्यसैले हुन सक्छ सन्तानलाई यो बाटोमा ल्याउने उनले आँट गरेका छैनन् । भनिन्छ नि कलाकारको सन्तानको रगतमा कहिं कतै कलाको गन्ध हुन्छ सायद यहि गन्धले नीर शाह पुत्र आयुष शाहलाई पनि कलाकारिता तर्फ तानेको छ । ड्यासिङ लुक्सका धनी २८ बर्षे आयुषले फिल्म खेल्ने ईच्छा राख्दा राख्दै विवाह बन्धनमा बाँधिनु पर्‍यो तर पनि फिल्मबाट कुनै किसिमको छाप छाड्ने उनको अठोट छ ।

 

मंगलबार प्रधानमन्त्री बाबुराम भट्टराईले डिसिएनको भ्रमण गरे लगत्तै मसान फिल्म हेरेका थिए जुन फिल्ममा फाईनान्स कन्ट्रोलरको रुपमा आयुषले काम गर्ने मौका पाएका थिए । तर उनलाई लागेको फिल्म खेल्न ईच्छा न त उनले बाबुलाई भन्न सके न त बाबुले नै उनको मनको चाह बुझे । तर फिल्मी गतिविधिमा अपडेट हुन नछाड्ने आयुषले एनसेलको विज्ञापन खेलेर भएपनि थोरै मात्रामा कलाकारिता गर्ने आफ्नो रहर पुरा गरे । हुन त त्यो रहरले उनी तृप्त हुन सकेका छैनन् तर पनि फिल्म खेल्छु भनेर उनले आफ्ना बाबुलाई भन्ने आट अझै गर्न सकेका छैनन् ।

 

 

आमा उषाका साथ मसानको बिशेष शोमा उपस्थित भएका आयुषलाई नीर शाहले परिचय गराउन भने भुलेनन् । बरु मिडियाबाट आएको प्रश्न छोरालाई फिल्म लाईनमा ल्याउने ईच्छा छ कि छैन भन्दा नीर शाह एकछिन झस्किए अनि भन्न थाले, 'उसलाई सुहाउदो रोल अहिले सम्म पाएको छैन भएको खण्डमा अवश्य तपाईहरुले थाहा पाउनु हुनेछ ।' उता आयुष ब्यस्तताको कारणले पनि आफूले अभिनय यात्रामा तत्काल हाम नफालेको बताउछन् । यध्यपी बाबुले प्रस्ताव गरेको भए धेरै अघि फिल्म लाईनमा आईसक्ने उनी बताउछन् ।

 

आमा उषाले पनि छोराले जे चाहन्छ उसको लागि आफू बाधक नभएको तर श्रीमानसंग आयुषलाई फिल्म खेलाउने बिषयमा कुरा गर्ने मौका कहिले नमिलेको बताईन् । सुन्दर अनुहारकी धनी निर पत्नीले अभिनयमा छोरा लागे आफ्नो तर्फबाट पूर्ण सहयोग रहने बताउछिन् । तर निर शाहको विभिन्न तर्कले भने छोरालाई अभिनयबाट टाढा नै राख्ने संकेत देखाउदा बाबु छोरा बीच सोही बिषयले दुरी बढाएको फिल्मीखबरले अनुमान लगाएको छ । आयुष हाल आईसिटीसी ग्रुपमा हेड एचआर रुपमा कार्यरत छन् जुन ग्रुपले हायात होटल लगायतका फाईभ स्टार होटल तथा उच्च कर्पोरेट हाउसहरुमा विभिन्न प्रोडक्ट सप्लाई गर्छ ।