
नेपाल र अँग्रेज युद्धताकाका वीर नेपाली योद्धा भक्ति थापामाथि फिल्म बन्ने भएको छ । यो बायोपिक फिल्मको सम्पूर्ण अनुसन्धान पुरा भएको निर्माता तथा निर्देशक दिनेश डिसीले बताए । डिसी उक्त फिल्ममा भक्ति थापाको भूमिकामा देखिने भएका छन् । फिल्ममा ऐतिहासिक नालापानी युद्धको तात्कालिन परिवेशलाई चित्रण गरिने उनले बताए । डिसी फिल्मका सह-निर्माता हुनेछन् ।
अर्का योद्धा बलभद्र कुवँरमाथि फिल्म बनाउने गाइगुइँको उनले खण्डन गरे । ‘अनुसन्धानका क्रममा बलभद्र भन्दा भक्ति थापा देशभक्ति रहेको पाइयो’ उनले भने, ‘आगामी प्रोजेक्ट प्यासपछि काम अघि बढ्नेछ ।’ आफ्नो स्वप्न प्रोजेक्ट बताएका डिसीले फिल्मको छायांकन नेपाल र भारतका सिमानामा गरिने बताए । तत्कालिक परिवेश र युद्धको मनोविज्ञानलाई चित्रण गर्नु पक्कै पनि सुखद हुनेछ ।
अन्य कास्ट तय छैनन् । नेपाल र तत्कालिन इस्ट इन्डिया कम्पनीबीच भएको युद्ध सुगौली सन्धीपछि अन्त्य भएको थियो । भक्ति थापालाई नचिनेको नयाँ पुस्ताले उनको साहसको कदर गर्ने आशा डिसीले लिएका छन् । उनको यो प्रोजेक्ट घरेलु फिल्म बजारलाई भन्दा समुन्द्रपार ब्यापारतर्फ लक्षित हुने भएको छ । फिल्मको काम सन् २०१३ को शुरूवातबाट थालनी गरिने डिसीको भनाई छ ।