मिति : २०८२ ज्येष्ठ १०, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 1.00/5.00)
Text size:-
+
-

करिश्मा रिसाइन् सरकारसँग !

फिल्मीखबर, काठमाण्डौ, 2012/07/04

अभिनेत्री करिश्मा मानन्धर मंगलबारको एक जमघटमा सरकारसँग क्रुद्ध देखिइन् । वास्तवमै उनी मुडमा थिइनन् । सरकारसँग करिश्माको आक्रोश किन ? कारण बुझ्दा थाहा लाग्यो विस्तार भैरहेको लाजिम्पाटदेखि बुढानिलकण्ठ सडक विस्तारमा लाजिम्पाट स्थित करिश्माको घरको आधा परिसर मिचिएछ ।

‘वास्तवमा सरकारले ठीक गरेन’, गर्जियस लेडी भन्दै थिइन्, ‘सरकारले जग्गा मिचेको सहि मेजरमेन्ट पछि मात्र विस्तार गर्नुपथ्र्यो ।’ पाँचतारे सांग्रिला होटल नजिकको उनको घरको कम्पाउन्डमा डोजर चलेको छ । ‘मायाज बार’ प्रेसमिट लगत्तै करिश्मा डोजर चलेको आफ्नो थलो हेर्न लाजिम्पाट पुगेकी थिइन् । करिश्माले सरकारबाट मुअब्जा पाउँछिन् कि पाउँदिनन् त्यसको भने निश्चित भैसकेको छैन ।

सडक विस्तारमा मिचिनेमा करिश्माको घर मात्र होइन राष्ट्रपति, प्रहरी प्रशिक्षण प्रतिष्ठान, विभिन्न देशका कुटनीतिक नियोगहरु, पाँचतारे होटल पनि छन् । करिश्मा वर्तमान प्रधानमन्त्रीकी फ्यान समेत हुन् तर आफ्नै आइडल पर्सनले आफ्नै घर भत्काउने आदेश दिँदा उनी प्रति हिरोइन रिसाउनु स्वभाविक हो । ‘उहाँको पनि आफ्नै किसिमका बाध्यता होलान्’ करिश्मा भन्दै थिइन्, ‘पहिला सरकारी जग्गा मिचेको हो कि होइन राम्रोसँग बुझ्नुपर्छ ।’