मिति : २०८२ ज्येष्ठ १०, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.50/5.00)
Text size:-
+
-

मायाज बार प्रेसमिट : लगानी नउठे निर्देशकलाई गाली

फिल्मीखबर, काठमाण्डौ, 2012/07/03

निर्धारित बजेटमा दुई गुणा लगानी बढेको खबर सहित दुई महिना अघि फिल्मीखबरले प्रकाशित गरेको मायाज बार निर्देशक र निर्माता मनमुटाव भन्ने शिर्षकको समाचार बमोजिम मंगलबार आयोजित उक्त फिल्मको ग्रयाण्ड प्रेस मिटमा थप विवाद छचल्किएको देखियो ।


विश्वका सवैभन्दा कान्छा फोटोग्राफर रिरेन्द्र श्रेष्ठ जसले गिनिज वुक वर्ल्ड रेकर्डमा आफ्नो नाम दर्ता गराए उनै कान्छा फोटोग्राफरले खिचेका मायाज बारका केही तस्बिरको  प्रदर्शनी सहित सो फिल्मको रिलिज बिषयमा आयोजित कार्यक्रममा निर्माता सुनिल मानन्धरले माईक समात्ना साथ भने, 'फिल्म राम्रो बनाउन कुनै कम्प्रमाईज गरिएको छैन तर लगानी उठेन भने चाहि दिल खोलेर निर्देशकलाई गाली गर्ने हो ।' सुनिलको मुखबाट सो शब्द खस्ना साथ साईडमा रहेका निर्देशक दिनेश डिसीको मन खिन्न भयो अनि सुनिलले  सुधारि हाले आफ्नो भनाई र फेरी भन्न थाले, 'घाटा लागे पनि दु:ख हुने छैन किनकी हिजो मैले दिदीभाई बनाउदा छिमेकीले कस्तो नाम राखेको भन्थे तर अहिले मायाज बार कहिले रिलिज हुन्छ भनेर सोध्छन् ।'

 

बहुप्रतिछित फिल्मको रुपमा हेरिएको सो फिल्म फाल्गुन ८ देखि ९० दिनको अवधिमा ६८ दिनको निरन्तर सुटिङका साथ प्याकअप गरिएको हो । यध्यपी अझै केही दृश्य सुट हुन बाँकी रहेको कार्यक्रममा जानकारी गराईयो । कार्यक्रममा फिल्मको नयाँ प्रोमो, दुई वटा गित पनि देखाईएको थियो । 'विशेष गरी हामीले ब्रान्डिङका लागि पनि यति धेरै खर्चमा फिल्मलाई उत्कृष्ट बनाउने प्रयास गरेका हौ र लगानी धेरै भएको हो', लगानीको बिषयमा निर्देशक डिसीले स्पष्ट पारे । तर पनि जव जव लगानीको कुरा उठ्थ्यो तव एक किसिमको हेराहेर निर्देशक र निर्माता विच भईरहन्थ्यो ।

 

यस्तै निर्माता मानन्धरले हलवालाहरुको अत्याधिक मागका कारण श्रावण १९ को राजधानी रिलिजलाई एक हप्ता अघि नै सारेको बताएका छन् । तर मोफसलमा भने श्रावण १९ देखिनै मायाज बार लाग्ने छ । बजेटका बिषयले कन्ट्रोभर्सी हाईट पाएको मायाज बारको बजेट रिलिज सम्म एक करोड २० लाख पूग्ने फिल्म निर्माण कम्पनी श्री बालाजी फिल्मसले जनाएको छ । फिल्मको लिड रोलमा निशा अधिकारी, गजित बिष्ट, राजेश हमाल र करिश्मा मानन्धर छन् ।

 

मिस्टर हमाल यो फिल्ममा करिअरकै पहिलो पटक भिलेनको रोलमा देखिन लागेको बताईएको छ । 'फिल्मको क्यामेरा वर्क अति नै स्तरीय छ र कलाकारहरुको अभिनयको कुरा गर्दा दिनेश जीले सवैबाट शत प्रतिशत आउट पुट निकाल्न सक्नु भएको छ त्यसैले पनि होला केही भएरै मैले प्रत्यक्ष प्रोमोशनमा ईच्छा देखाएकी छु', अभिनेत्री मानन्धरले भनिन् । उनी यो फिल्ममा बार गर्लको भूमिका छिन् । यस्तै मायाज बार डेब्यू हिरो गजित बिष्टले दश बर्षे संघर्षमा ठूलो प्रोजेक्टबाट डेब्यू गर्न पाएकोमा खुशी ब्यक्त गरे । उता बाल कलाकारको भूमिकामा देखिएका विश्वका कान्छा फोटोग्राफर रिरेन्द्रले अहिले कलाकार भएर खेले पनि ठूलो भएपछि पुलिस हुने प्रतिक्रिया दिदा कार्यक्रम हल हाँसोमय बनेको थियो ।

 

प्रोमोशनको लागि सुरू गरिएको पहिलो औपचारिक प्रेस मिटमा निशा अधिकारी भने उपस्थित थिईनन् । उनी सगरमाथा चढ्ने तालिम लिन ट्रेकिङका लागि मुस्ताङ गएको बुझिएको छ  । तर  फिल्मीखबरले निर्माता मानन्धरसंग यो बिषयमा कुरा गर्दा कार्यक्रमको बारेमा निशालाई केही जानकारी नगराएको बताए भने  निर्देशक डिसीले उनलाई खबर गरिएको फिल्मीखबर सामु बताए । जसबाट के पुष्टी हुन्छ भने बाहिरिएको विभिन्न समाचार बमोजिम निशासंग पनि डिसीको सम्बन्ध त्यति राम्रो नभएको प्रष्टीन आएको  छ ।

 

बाहिरिएको खबर अनुसार सुटिङ सेट देखि नै निशा र दिनेशको विभिन्न बिषयमा तालमेल मिलेको थिएन जुन तालमेल प्रोष्टप्रोडक्सनसम्म आईपुग्दा नमिलेपछि निशा र डिसीको दुरी बढेको हो । तर निर्माता सुनिल मानन्धरसंग भने निशाको दोस्ती राम्रो छ । किनकी हिजोको दिनमा विराज भट्ट र निखिल उप्रेतीलाई स्टार बनाउन आफ्नो महत्वपूर्ण भूमिका भएझै अब निशालाई स्टार बनाउने उद्देश्य सहित उनले खेलेको हरेक फिल्मको वितरण आफूले गर्ने भन्दै सुनिलले कम्मर कसेका छन् । र, निशाले फिल्म निर्देशनमा डेब्यू गर्ने हो भने उनका लागि पूर्ण लगानी गरिदिने सुनिलको भनाई यस अघि नै फिल्मीखबरले सार्वजनिक गरिसकेको छ  ।