मिति : २०८२ ज्येष्ठ १०, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

`खै को कस्को` शुक्रबारदेखि राजधानीमा

फिल्मीखबर, काठमाण्डौ, 2012/07/03

फिल्म ‘खै को कस्को’ शुक्रबार राजधानी टेरिटोरीमा रिलिज हुने भएको छ । यस सम्बन्धी जानकारी दिन मंगलबार राजधानीमा आयोजित प्रेसमिटमा निर्माताले सात सिंगल स्क्रिनबाट फिल्म सार्वजनिक हुन लागेको बताए । ‘हिजो राती अचानक रिलिज डेट तय गरेका हौं’ निर्देशक सुचित्रा श्रेष्ठले फिल्मीखबरलाई भनिन्, ‘हतारमा मिति तोक्दा पब्लिसिटी ओझेलमा परेको पक्कै हो तर वर्ड अफ माउथ पब्लिसिटीले फिल्म हिट हुनेछ ।’

रिपोटर्स क्लवको साक्षात्कार कक्षमा यसो भनिरहँदा मुलुककी पहिली महिला निर्देशक दोस्रो प्रोजेक्टको सफलता बारे आशावादी देखिइन् । अश्लिल फिल्मको श्रृंखलालाई उनले वर्षाको बाढीको संज्ञा दिइन् । मुख्य अतिथि बनेका अभिनेता सुनिल थापाले गतिलो समिक्षाको अपेक्षा गरे । राजेश हमाल र रेजिना उप्रेती स्टारर फिल्ममा आदित्य श्रेष्ठ, करण क्रेजी, रोशनी केसी, प्रतिष्ठा प्रसाईँको अभिनय छ । तीर्थ श्रेष्ठ र लक्ष्मी श्रेष्ठ लगानीकर्ता हुन् ।

सोसल ड्रामा श्रेणीको फिल्मको द्धन्द्ध प्रोटागोनिस्ट (मुख्य पात्र) भर्सेस सिचुएसएनल एन्टागोनिस्ट हो । निर्देशक श्रेष्ठले फिल्म विशुद्ध परिवारमैत्री रहेको बताइन् । उत्तर अमेरिका र खाडी राष्ट्रमा रिलिजको तयारी गरिएको फिल्मको उक्त प्रेसमिट निर्माताले नभएर निर्देशक श्रेष्ठकी शिष्य प्रीतिले गरेकी हुन् । गुरुपूर्णिमाको छेकोमा प्रीतिले सम्मानका लागि जमघट गरेको बताइन् । प्रीति फिचर फिल्म निर्देशन गरेर नेपालकै कान्छी फिल्म निर्देशक बन्ने तयारीमा छिन् ।