
सरकारको आधा लगानी रहेको चलचित्र बिकास कम्पनीलाई बृहत रुपमा अगाडी बढाउन नसकिरहेको बेला प्रधानमन्त्री डा.बाबुराम भट्टराई भने ब्यक्ति विशेषलाई खुशी पार्न निजि संस्था घुम्नु कत्तिको जायज हो यो प्रश्न बाबुराम र बाबुरामलाई ती संस्था घुम्न बाध्य बनाउने ब्यक्तिहरुलाई ।
प्रसङ्ग हो राज्यको गरिमामय पदमा रहेका प्रधानमन्त्री बाबुराम भट्टराई डिसिएन भ्रमणको । चार बर्ष अघि क्वेष्ट ईन्टरटेनमेन्ट स्थापनाका लागि झिकिएको पाँच करोडको लगानीमा नेपाली फिल्म प्रर्दशनका लागि भन्दै स्थापना गरिएको फिल्म वितरण संस्था 'डिजिटल सिनेमा नेपाल ' भ्रमणका लागि आज प्रधानमन्त्री भट्टराई जादैछन् । यस अघि अर्थमन्त्री हुदा उनी पत्नी हिसिला यमीको साथ डिसिएन भ्रमणमा गएका थिए । जहाँ उनले भित्रिएको नयाँ नयाँ उपकरणको बारेमा जानकारी लिएका थिए । फेरी बाबुराम आज सो कार्यालय गई हालको अवस्थामा भित्रिएको फिल्म प्रशोधन र निर्माणको उपकरणको बारेमा जानकारी लिदैछन् । राति ८ बजे उनी आफ्ना केही सहयोगीका साथ डिसिएन कार्यालय कमलपोखरी पुग्ने कार्यक्रम छ । डिसिएनले पनि प्रधानमन्त्रीको कार्यालय भ्रमणलाई भब्य बनाउने तयारी गरिरहेको छ । तर निजि संस्थामा पटकपटक प्रधानमन्त्री पुग्नुलाई अर्थपूर्ण ढङ्गले फिल्मीखबरले हेरेको छ ।
प्रधानमन्त्री भट्टराईको फोहोर बढार्ने फल्प कार्यक्रम होस या चार दिन अघि भएको बालुवाटार मिटिङ, ती कार्यमा डिसिएन महाप्रवन्धक अशोक शर्माले नेतृत्वदायी भूमिका खेलेका थिए जुन भूमिकालाई लिएर विभिन्न बहस पनि भईरहेको छ । भट्टराईसंगको निकटताका कारण अशोक फुटेको माओवादीमा केन्द्रीय सदस्य हुने वा कुनै संस्थामा जिएम पद खाने दाउमा रहेको पनि बिशलेषण हुन थालेको छ । यध्यपी अशोक यी सव कुरा हावा रहेको बताउछन् । तर सरकारको लागनी रहेको चलचित्र बिकास कम्पनीको अवस्था बेहाल भईरहेको अवस्थामा निजी संस्थामा भने बाबुरामको पटक पटक भ्रमण हुनुलाई अर्थपूर्ण ढङ्गले हेरिएको छ । तर पनि पर्खाईको बिषयको बनेको छ नेपाली फिल्मको बारेमा डिसिएन भ्रमणमा प्रधानमन्त्रीले के-के बुझ्ने हुन अनि के भन्ने हुन ?
नोट : हिजो सम्म नेपालका मात्र लगानीकर्ता रहेको डिसिएनले प्रसाद नामक ईन्डियन कम्पनीसंग सम्झौता गरेको छ खबर प्राप्त भएको छ । जुन सम्झौता अनुरुप अब डिसिएनको नाम अब प्रसाद डिसिएन राखिने छ । हाल नेपाली फिल्म मात्र प्रदर्शन गर्दै आएको डिसिएनले प्रसादसंगको सम्झौता पश्चात विश्वका सम्पूर्ण फिल्महरु आफ्नो सर्भरमात्र देखाउने तयारी गरेको हो ।