
विभिन्न एफएफस्टेशन र केही टेलिभिजनले समेत प्रतिबन्ध लगाएको लक फिल्मको आईटम गीतको शब्द भद्धा भएको समिक्षा भईरहे पनि सेन्सर बोर्डले उक्त गीत सहित समग्र फिल्ममा कैची नलगाएको लक युनिटले जनाएको छ ।
असार २९ देखि मोफसल र श्रावण ५ देखि राजधानीमा प्रदर्शन हुन लागेको सो फिल्मले सेन्सरबाट कहि कतै झमेला नबेहोर्दै युनिभर्सल सर्टिफिकेट पाएको निर्देशक ऋषि न्यौपानेले जानकारी गराए । सेन्सर पश्चात उनले भने, 'गीतलाई लिएर बाहिर विभिन्न किसिमका हल्ला भएपनि मेरो फिल्ममा त्यस्तो नचाहिने दृश्य छैन त्यसैले कहिं कतै काटछाँट नगरी सेन्सरले युनिभर्सल सर्टिफिकेट दिएको हो ।'
सार्वजनिक गरिएको प्रोमोको कारण हिरोईन बेनिशा हमालसंगको कन्टोभर्सीमा फसेका ऋषिले बेनिशाको डविङ गायिका मिना सिहंबाट गराएका छन् भने एउटा गीत र केही दृश्यबाट बेनिशालाई हटाउदै लकको स्टोरीमा केही ट्विस्ट ल्याएको पनि बताएका छन् । उता बेनिशाले कन्टोभर्सीका कारण लकको कुनै पनि प्रोमोशनल गतिविधिमा सहभागीता जनाएकी छैनन् । यति सम्मकी कन्टोभर्सीमा उनलाई मिडियाले प्रश्न गर्दा पनि उनले लक भन्ने शब्द आफ्नो मुखबाट ननिकाल्ने गरी बसेकी छिन् ।
शिर्षक सिनेमा ईन्टरटेन्मेन्टको ब्यानरमा हरि खनाल निर्मित उक्त फिल्म विभिन्न कारणले विवादित बनेको छ । यध्यपी दुई अर्थ हैन पाँच अर्थ लाग्ने गीतलाई अन्यथा नलिन निर्देशकले आग्रह गरेका छन् । उनले भने, 'फिल्म पूरै हेरेपछि थाहा हुन्छ कथा बमोजिम गीतमा दुई अर्थ लगाईएकाको हो ।'